यस्तो छ कञ्चनपुरका ९ पालिकाको बजेटको अवस्था

महेन्द्रनगर । कञ्चनपुरमा रहेका ९ वटै पालिकाले आईतवार सम्ममा आफनो आगामी आर्थिक वर्षको लागि बजेट प्रस्तुत गरेका छन् । दुई गाउँपालिका सात नगरपालिका गरी ९ स्थानीय तहहरुले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन् । बेलडाँडी, लालझाडी गाउँपालिका, बेलौरी, पुनर्वास, कृष्णपुर, शुक्लाफाँटा, बेदकोट, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याएका हुन् । सबै भन्दा बढी बजेट भीमदत्त नगरपालिकाको रहेको छ भने सबै भन्दा कम बजेट लालझाडी गाउँपालिकाले प्रस्तुत गरेको छ ।
भीमदत्त नगरपालिका
कञ्चनपुरको भीमदत्त नगरपालिकाको १३ औँ नगरसभामा आर्थिक वर्ष २०८०÷०८१ को निति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । नगरसभा सदस्य,भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवम् नगर प्रवक्ता महेन्द्र खड्काले आर्थिक वर्ष २०८०÷०८१ का लागी १ अर्व ८१ करोड ३५ लाख ८१ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट २६ करोड ५८ लाख, वित्तिय समानिकरण अनुदान संघिय सरकारबाट २३ करोड ७१ लाख, वित्तिय समानिकरण अनुदान प्रदेश सरकारबाट २ करोड २२ लाख ४३ हजार,संघिय सरकारबाट सशर्त अनुदान ५२ करोड ८५ लाख,संघिय सरकारबाट राजश्व बाडफाँडको १७ करोड १ लाख ९२ हजार र प्रदेश सरकारबाट राजश्व बाडफाँडको ८४ लाख २३ हजार प्राप्त हुने अनुमान गरिएको छ । यस्तै समपुरक अनुदान संघिय सरकारबाट १ करोड ६५ लाख, समपुरक अनुदान प्रदेश सरकारबाट १ करोड १४ लाख ७३ हजार, विशेष अनुदान संघिय सरकारबाट ५० लाख, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, सडक बोर्ड नेपालबाट ८० लाख, सामाजिक सुरक्षा तर्फ ५० करोड, अन्य अन्तरसरकारी अख्तियारीबाट ३ करोड ५ लाख बजेटको स्रोतको रुपमा रहने नगर प्रवत्ता महेन्द्र खड्काले बताए ।
वेदकोट नगरपालिका
समृद्ध वेदकोट नगरको आधार, कृषि उद्योग पर्यटन र पूर्वाधार“ भन्ने मूल नाराका साथ कञ्चनपुरको वेदकोट नगरपालिकाको तेर्हौ नगर सभा आईतवार सम्पन्न गरेको छ । वेदकोट नगरपालिकाले ९२ करोड २० लाख ५० हजार बजेट सार्वजनिक गरेको हो । वेदकोट नगरपालिकाको नगर सभा एवम् १३ औ अधिवेसनमा सभाका उपाध्यक्ष एवम नगर उपप्रमुख तुलसी जोशीले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिइन । उप प्रमुख जोशीले प्रस्तुत गरेको नगरपालिकाको आगामी आर्थिक बर्ष ०८० ÷०८१ मा ९२ करोड २० लाख ५० हजार बराबरको बजेट ल्याइएको छ । जस मध्ये संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान अन्तर्गत प्राप्त रु. १४ करोड ८ लाख, राजश्व वाँडफाडबाट रु.१२ करोड ४६ लाख ९९ हजार, संघीय सरकारबाट प्राप्त सशर्त अनुदान तर्फ कूल रु. २८ करोड ६१ लाख, संघीय बिशेष अनुदान अन्तर्गत प्राप्त रु. १ करोड २० लाख, संघीय समपुरक अनुदान रु. ७० लाख रहेको छ । यसैगरी, प्रदेश सरकारवाट प्राप्त वित्तिय समानीकरण अनुदान रु. १ करोड २६ लाख ४४ हजार, बिशेष अनुदान अन्तर्गत प्राप्त रु. ६० लाख, सवारी साधन कर वाडफाँड शिर्षकमा प्राप्त रु. ८१ लाख १२ हजार, घरजग्गा रजिष्ट्रेशन दस्तुर अन्तर्गत रु १ करोड रहेको छ । चालु आ.ब.मा संघीय सरकार र प्रदेश सरकार मार्फत प्राप्त हुने अनुमान गरिएको कुल अनुदान रकम भन्दा रु. ६ करोड ९६ लाख ४८ हजार ६ सय ७० घटी प्राप्त भएको । जसको कारणले चालु आ.ब. मा खर्चको अनुपात घट्न गई केही निर्धारित योजना तथा कार्यक्रमहरु संचालन गर्न नसकिएको उपप्रमुख जोशीले बताईन् ।
कृष्णपुर नगरपालिका
“ शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन र उद्योग,आत्मनिर्भर कृष्णपुरमा श्रोतको सदुपयोग ” भन्ने मुल नाराका साथ आर्थिक वर्ष २०८०∕०८१ का लागि कृष्णपुर नगरपालिकाले ८९ करोड ६७ लाख बराबरको बजेट ल्याएको छ । आईतबार नगरपालिकाको सभाहलमा नगरप्रमुख हेमराज ओझाको अध्यक्षतामा सम्पन्न उक्त नीति तथा बजेट कार्यक्रम नगर उपप्रमुख द्रोपती रानाले बजेट प्रस्तुत गरेकी हुन । नगरपालिकाले आर्थिक वर्ष २०८०∕०८१ का लागि स्वास्थ्य,शिक्षा र कृषीलाई बढी प्राथमिकता दिइएको छ । नगरबासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ कृष्णपुर स्वास्थ्य चौकी रहेको क्षेत्रमा सुविधा सम्पन्न नगर अस्पताल निर्माणदेखि,निशुल्क स्वास्थ्य शिविर, ९ वटै वडाका नागरिकलाई पायक पर्ने गरि ३ ओटा एम्बुलेन्सको व्यवस्था,महामारी नियन्त्रणका लागि कोषको स्थापना,शव व्यवस्थापनका लागि शव बाहानको व्यवस्था,खोप केन्द्रलाई थप प्रभावकारी बनाउने लगायतका योजनाहरु नीति तथा कार्यक्रममा समावेश छन् । सामाजिक सुरक्षा ,वित्तीय क्षेत्र ,रोजगारी र आप्रवासन क्षेत्रका लागि लाई नीति तथा कार्यक्रम प्राथमिकताका साथ समावेश गरिएको छ । उद्योग तथा वातावरण ,पर्यटन तथा संस्कृति,सहकारी क्षेत्रलाई व्यवस्थित,खानेपानी तथा सिचाइ ,सुरक्षा ,सूचना प्रविधि ,लगायत क्षेत्रलाई पनि विशेष प्राथमिकताका साथ कृष्णपुर नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।
शुक्लाफाँटा नगरपालिका
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु। ८८ करोड ७ लाख ९६ हजार २ सय बराबरको बजेट सार्वजनिक गरेको छ । शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराको अध्यक्षतामा बिहीबार आयोजित १४ औँ नगर सभामा नगर उपप्रमुख कल्पना पन्त जोशीले बजेट प्रस्तुत गरेका थिए । अधिवेशनबाट बिहीबार नै उक्त नीति तथा कार्यक्रम र बजेट पारित समेत गरिएको शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र राज भट्टले जानकारी दिए । शुक्लाफाँटा नगरपालिकाले नगर गौरवका योजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको नगर प्रमुख रणबहादुर महराले बताए । नगर चक्रपथ, खानेपानी योजना, सेफ हाउस सञ्चालन, नगर स्तरीय कबर्ड हल, बसपार्क, कोल्ड स्टोर, हलियामुक्ति परिवारको घर निर्माण, छाडा पशु चौपाया व्यवस्थापन, लक्षित वर्ग विशेष कार्यक्रम, मागको आधारमा संस्कृति पर्यटन विकास तथा प्रवर्द्धन, सडक क्षतिपूर्ति मुआब्जा, एमबिबिएस अध्ययनरत विद्यार्थीका लागि छात्रवृत्ति, विपद् व्यवस्थापन कोष, कर्मचारी कल्याण कोष, सडक मर्मत सम्भार कोष, मेचिङ फन्ट लगायत शीर्षकमा बजेट विनियोजन गरिएको छ ।
पुनर्वास नगरपालिका
जिल्लाको पुनर्वास नगरपालिकाले आर्थिक बर्ष २०८०÷०८१ मा ७४ करोड ८१ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । नगरप्रमुख तोय प्रसाद शर्माको सभापतित्वमा सञ्चालन गरिएको पुनर्वास नगरपालिकाको अधिवेसनमा नगर उप–प्रमुख भुलिया कुमारी रानाले नगरको नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरेकी थिईन् ।नगरपालिकाले बजेटको स्रोत अनतर्गत आन्तरिक श्रोत ३ करोड ८५ लाख ,संघिय सरकार बित्तिय समानिकरणबाट १४ करोड ७७ लाख,प्रदेश सरकार बित्तिय समानिकरण १ करोड ३१ लाख ३३ः हजार,नेपाल सरकार ससर्त अनुदान चालु २४ करोड ३७लाख,नेपाल सरकार ससर्त अनुदान पुजिगत २ करोड ४९लाख,राजश्व बाडफाड (संघ) १२ करोड ३२ लाख ३१ हजार ,संघिय सरकार बिशेष अनुदान २ करोड ,संघिय सरकार समपुरक अनुदान १ करोड २० लाख , प्रदेश सरकार समपुरक २ करोड ५ लाख ३४ हजार ,प्रदेश सरकार बिशेष ४०लाख,सवारी साधन कर बाँडफाँड (प्रदेश)१ करोड ७ लाख १६ हजार ,स्थानिय राजश्व बाडफाड १करोड ३० लाख,अनुमानीत अल्या भएर आउने रकम १०करोड ५०लाख ,प्रदेश ससर्त चालु ५लाख ५० हजार ,प्रदेश ससर्त पुँजीगत १२ लाख प्राप्त हुने अनुमान गरिएको छ ।
लालझाडी गाँउपालिका
लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४६ करोड, ४४ लाख, ४९ हजार ८०० बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार १४ औ गाउँ सभाबाट उक्त बजेट सार्वजनिक गरिएको हो । लालझाडी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमा कृषि, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, खानेपानी, सरसफाइ, स्वरोजगारमूलक उद्यमशीलता लगायतका योजनालाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाले प्रत्येक वडालाई न्युनतम् ४० लाखदेखि अधिकतम् ५५ लाखसम्मको रकम विनियोजन गरेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभाध्यक्षतामा आइतबार आयोजित गाउँ सभा तथा चौधौँ अधिवेशनमा अध्यक्ष रानाले नीति, कार्यक्रम र उपाध्यक्ष सपना चौधरी रानाले बजेट प्रस्तुत गरेकि थिइन ।
बेलडाँडी गाउँपालिका
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ४६ करोड ९५ लाख ७७ हजार ८२३ बराबरको बजेट प्रस्तुत गरेको छ । आइतबार आयोजित तेह्रौँ गाउँ सभा अधिवेशनमा उक्त बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टले जानकारी दिए ।
दोधारा चाँदनी नगरपालिका
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि रु. ६९ करोड ३५ लाख ५६ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार अबेर साँझ आयोजित नगर सभा तथा बजेट अधिवेशनमा प्रस्तुत गरिएको बजेट आइतबार नै पारित गरिएको नगर प्रमुख किशोर कुमार लिम्बुले जानकारी दिए । दोधारा चाँदनीमा आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम भने यसअघि वैशाखमै सार्वजनिक गरिएको थियो । नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिएको छ । महाकाली र जोगबुढा नदीबाट नदीजन्य पदार्थ उत्खननको ठेक्काबाट आउने रोयल्टी रकमलाई नै दोधारा चाँदनी नगरपालिकाको प्रमुख आन्तरिक आयस्रोतका रूपमा हेरिएको छ ।
बेलौरी नगरपालिका
बेलौरी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८६ करोड ५७ लाख ६७ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । आइतबार ११ औं नगर अधिवेशनबाट उक्त बजेट सार्वजनिक गरिएको हो । आर्थिक वर्ष २०८०÷०८१ को निति, कार्यक्रम तथा बजेटमा नगरपालिकाले शिक्षा, स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिएको छ । स्वरोजगारमूलक कार्यक्रमका लागि नगर उद्यमशीलतालाई समेत नगरपालिकाले जोड दिएको छ । नगरपालिकाले १० वटा वडामा ११ लाख ५० हजारदेखि २० लाखसम्मको बजेट विनियोजन गरिएको छ । सबैभन्दा बढी बजेट वडा नम्बर १० मा २० लाखभन्दा बढि र १ नम्बर वडामा ११ लाख भन्दा बढी रकम बिनियोजन गरिएको छ ।

सम्बन्धित

Comments are closed.