कञ्चनपुरमा लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनाईयो

महेन्द्रनगर । कञ्चनपुरमा लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध अन्र्तराष्ट्रिय दिवस मनार्ईएको छ । सोमबार कञ्चनपुर महेन्द्रनगर सहित जिल्लाका विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रम सहित लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध अन्तराष्ट्रिय दिवस मनार्ईएको हो ।

हरेक जुन २६ मा मनाईने लागु औषध दुरुपयोग तथा ओसारपोसार बिरुद्ध अन्र्तराष्ट्रिय दिवस कञ्चनपुर महेन्द्रनगर सहितका स्थानमा विविध कार्यक्रम मनाईएको छ ।सरकारीदेखि गैर सरकारी निकायले विवित जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाईएको हो । प्रशासन, प्रहरी, सशस्त्र प्रहरी,गैसस महासंघ सहितका विभिन्न संघ संस्थाहरुले एकसाथ १० स्थानबाट विवित जनचेतनामुलक कार्यक्रम गरेर दिवस मनाईएको छ ।

कञ्चनपुर प्रहरी प्रमुख कमल थापा, अधिकारकर्मी भगवती थापा, धुव्रमान निषेधका अभियन्ता मदन चन्द, गैससका अध्यक्ष लक्ष्मी बोहरा, सहितका विभिन्न निकायका प्रमुख एव प्रतिनिधीले लागु औषध नियन्त्रणमा विषयमा सचेतना गराएका थिए ।
अधिवक्ता समेत रहेका महिला अगुवा कौसल्या ओझाले लागु औषध नियन्त्रणका लागि कानुन कार्यान्वयनेदेखि समाजिक सचेतना आवश्यक रहेको बताईन । कार्यक्रममा सुरक्षाकर्मी,अधिकारकर्मी, अधिवक्ता, विद्यार्थी सहित समाजिक अगुवाको सहभागिता रहेको थियो ।दिवसको अवसरमा नेपालमा यस वर्ष लागूऔषधरहित परिवार स्वस्थ जीवनको आधार’ भन्ने राष्ट्रिय नारा तय गरी कार्ययोजनासहित विविध कार्यक्रम संचालन भइरहेका छन् ।

हरेक वर्षको जून २६ तारिखलाई अन्तर्राष्ट्रिय लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको दिवसको रूपमा मनाउने निर्णय संयुक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख गरिएको छ । त्यस दिनको एउटा मात्र उद्देश्य भनेको विश्व समुदायलाई लागूऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

सम्बन्धित

Comments are closed.