महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिका ८ का साइकलयात्री भरत विक्रम शाह फारवेस्टर्न राइडरले सुप समावेशी आधारभूत विद्यालयमा शैक्षिक सामग्री वितरण गरेका छन् । कैलालीकै गोदावरी नगरपालिका वडा नं २ मा रहेको सुप समावेशी आधारभूत विद्यालयलाई शाहले आफ्नो युट्युबको पहिलो कमाई बाट शैक्षिक सामग्री वितरण गरेका हुन् ।
सुप समावेशी आधारभूत विद्यालय सुदूरपश्चिम प्रदेशको एक मात्र अपाङ्गता भएका विद्यार्थीहरूका लागि पढाई हुने विद्यालय हो । कुनै पनि बालबालिका शिक्षाको उज्यालोबाट बञ्चित हुन नपरोस भनेर आफुले सानो सहयोग गरेको उनले बताए । शाह विगत लामो समयदेखी साइकलयात्रा गरी सुदूरपश्चिमका मनमोहक पर्यटक स्थलहरूको फोटो भिडियो पोस्ट गरी लामो समयदेखि पर्यटनको क्षेत्र पहिचान तथा जगेर्ना गर्न खटिएका छन् । उनि सामाजिक क्षेत्रमा पनि निकै सक्रिय छन् ।
कतिपय आर्थिक रुपमा अशक्त भएर आफनो उपचार गर्न नसकेकाहरुलाई पनि उनले सामाजिक सञ्जालबाट बिभिन्न अभियान संचालन गरी आर्थिक सहयोग जुटाएर उपचार गराएका छन् । आफूले सकेको सहयोग गर्न पाउँदा खुसी महसुस भएको साइकलयात्री शाहले बताए ।
Comments are closed.