महेन्द्रनगर । बझाङमा अर्गानिक रैथाने बाली खाद्य परिकार महोत्सव सुरु भएको छ । रैथाने बालीको उत्पादन वृद्धि र प्रर्बद्दनका लागी रैथाने बालि खाद्य परिकार महोत्सवको आयोजना गरिएको छ । रैथाने बालीको प्रर्बद्दन, उत्पादन वृद्धि, गाउँ घरको उत्पादन खाने बानीको विकास गर्न जयपृथ्वी नगरपालिका , मष्टा र सुर्मा गाउपालिकाको आयोजनामा रैथाने बालि खाद्य परिकार महोत्सवको आयोजना गरिएको हो ।
महोत्सबमा कृषि ज्ञानकेन्द्र बझाङ र शहिद बृष बहादुर सिह बहुप्राबिधिक शिक्षालय अठला बझाङले समन्वय गरेको छ भने सह प्रायोजक युएमएन र दलित सहयोग समाज रहेका छन् । पहिलो पटक भएको जिल्ला सदरमुकाम चैनपुरमा खाध महोत्सवले रैथाने बालीको महत्वलाई उजागर गरेकाले रैथाने बालीको प्रर्बद्दनका लागि यस्ता खालका महोत्सवलाई निरन्तरता दिनु पर्ने सहभागी जगदीश रोकायाले बताएका छन् ।
पछिल्लो समय विभिन्न दैबिक कारण रैथाने बालीको उत्पादन घट्दो भएपनि यसको माग भने बजारमा भने बढने गरेको छ । कार्यक्रमको उद्धघाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले रैथाने बालिको उत्पादन वृद्धि गरि निर्यात प्रर्बद्दन गर्न स्थानीय सरकारले ठोस नीति बनाउनु पर्नेे बताए ।
महोत्सबमा रैथाने बालि बिक्रिबितरण ,व्यक्तिगत सरसफाइमा चेतना , खाद्य गुणस्तर मापदण्ड, र साँस्कृतिक कार्यक्रम मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सबमा फापरको केक,मार्सको लडु,कोदोको मःम र हलुवा,कागुनाको खिर आलुको चिप्स ,भागोको चट्नि र भटमास साद परीकारहरु बनाइएका थिए ।
Comments are closed.