कञ्चनपुर र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर र कैलालीमा भएका छुट्टाछुट्टै दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । कैलालीमा डल्लपसँग मोटरसाइकल ठोक्किदा दुई जनाको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका–१० स्थित सशस्त्र बेशक्याम्प नजिकै पुर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको राँगा डल्लपसँग ठोक्किदा गौरीगंगा नगरपालिका–९ का २१ वर्षीय मोटरसाइकल चालक असिम राजबंशी र सोही ठाउँका २७ वर्षीय बिजेन्द्र चौधरीको मृत्यु भएको हो ।

राजबंशीले चलाएको से. ५ प ७५७८ नं. को मोटरसाइकल डल्लपसँग ठोक्किएको थियो । मोटरसाइकल पछाडी सवार चौधरीको पनि उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त डल्लप घोडाघोडी नगरपालिका–१० बस्ने ६० वर्षीय कलेसु चौधरीले चलाइरहेका थिए। हिजो राती उक्त दुर्घटना भएको थियो । राजबंशीको उपचारको क्रममा घोडाघोडी अस्पताल सुख्खड र चौधरीको पनि सोही राति माया मेट्रो अस्पताल धनगढीमा मृत्यु भएको छ ।

यस्तै, पुनर्वासमा टिप्पर र मोटरसाईकल एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ।मङ्गलवार बिहान पुनर्वास नगरपालिका –५ सिमरीमा धनगढी तर्फ गईरहेको सु प प्र०१–००१ क २२०० नम्बरको टिप्परसङ्ग विपरित दिशाबाट आइरहेको से४प. २२७१नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक सिमरी गाउँ बस्ने ६२ वर्षिय मोतिलाल राना गम्भिर घाईते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक रानाको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ । टिप्पर चालक र मोटरसाइकल नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले बताए ।

यता, कञ्चनपुरमा करेन्ट लागेर दुई वर्षीय बालकको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीकी तुलसी कोलीका छोरा आरबको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार उनी बैतडी घर भई हाल गड्डाचौकी माइती घरमा बस्दै आएकी छिन् ।

घरमा टिभीको लाइन जोड्ने क्रममा एक्कासी करेन्ट लागेर घाइते भएका आरबको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा मृत्यु भएको प्रहरीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.