कञ्चनपुरमा भारतबाट आउने अबैध कुखुराले किसान पेशाबाट पलायन हुँदै

महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लो समय भारतबाट अबैध रुपमा कुखुराहरु नेपाल प्रवेश गर्दा कुखुरा व्यवसायी किसानहरु मारमा परेका छन् । लाखौँ रुपैया बैँकबाट ऋण झिकेर कुखुरा व्यवसाय संचालन गरेका किसानहरु यतिबेला भारतबाट भित्रिने कुखुराले हैरान भएका छन् ।

भीमदत्त नगरपालिका १५ का कुखुरा व्यवसायी किसान हर्क विष्टले ऋण लिएर कुखुरा व्यवसायमा लगानी गरेको बताए । तर पछिल्लो समय भारतबाट लुकीछिपी अबैध रुपमा नेपालमा भित्रिएका कुखुराले गर्दा आफु मारमा परेको बताए । उताबाट आउने अबैध कुखुराहरु सस्तोमा आउँछन यता हाम्रो कुखुरा महँगो हुने भन्दै बजारमा भाउ नपाउने नबेचिने समस्या भएको उनले बताए ।

नेपाली सिमानाकामा रहेका सुरक्षा निकायले गरेको फितलो चेकजाँचले गर्दा अबैध रुपमा कुखुरा भित्रिने उनले आरोप लगाए । पछिल्लो समय केही मात्रामा सुरक्षा निकायले अबैध कुखुरा पक्राउ गरेको भएपनि बढी मात्रामा कुखुरा भित्रिने गरेको उनले बताए । गतराति कृष्णपुर नगरपालिका–६ बसन्त टोलबाट एक लाख दुई हजार मुल्य बराबरका अबैध कुखुरासहित एक जना पक्राउ परेका छन् ।

दक्षिणबाट उत्तरतर्फ आँउदै गरेको बैलौरी नगरपालिका–५ का ३४ वर्षीय जोगराज चौधरीले चलाएको सुदूरपश्चिम प्रदेश ०२–००३ प. ६९०७ नम्बरको मोटरसाइकलमा भन्सार छली गरी ल्याएका कुखुरा प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीले भन्सार छलीका कुखुरासहित चौधरीलाई नियन्त्रणमा लिएको जनाएको छ । यस्तै असार ७ गते कञ्चनपुरमा भन्सार छलीका ब्रोईलर कुखुरा बरामद गरिएको थियो ।

जिल्लाको बेलौरी नगरपालिका–६ भुराकोटबाट अबैध रुपमा भंन्सार छलि ल्याएका भारतीय नं. प्लेटको युपी ३१ एपी ८६३८ नम्बरको मोटरसाईकलसहित ब्रोईलर कखुरा प्रहरीले बरामद गरेको हो । अनुमानित ४० हजार बराबरको मोटरसाईकल ,२४ हजार बराबरको १२० किलोग्राम बोईलर कुखुरा बेवारीसे अवस्थामा प्रहरीले फेला पारेको थियो ।

यसैगरी, असार १० गते बेलडाँडी गाउँपालिका–४ वैवाहमा भन्सार छलीका ६५ किलोग्राम बोईलर कुखुरा बेवारिसे अवस्थामा प्रहरीले फेला पारेको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी झिलमिलाबाट खटिएको टोलीले से ३ प १५१४ नम्बरको मोटरसाइकलसहित कुखुरा नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित

Comments are closed.