कञ्चनपुरको महाकाली प्रादेशिक अस्पतालका लागि बिभिन्न स्वास्थ्य उपकरण, दक्ष जनशक्तिको माग गर्दै महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्ट संघिय सरकारसंग छलफलका लागी काठमाण्डौ पुगेका छन् । अहिले अस्पतालमा बिशेषज्ञ चिकित्सक, सिटि स्क्यान मेसिन, थप डायलासिस मेसिन लगायतका उपकरणको आवस्यक्ता रहेको महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्ण भट्टले बताए ।
महाकाली अस्पतालमा अहिले बिगतको तुलनामा बिरामीहरुको चाप पनि दिनानुदिन बढीरहेको अवस्थामा सो बमोजिमको चिकित्सक स्वास्थ्य उपकरण नहुँदा बिरामीहरु उपचारका लागि चर्काे मुल्य तिरेर भारत जानु पर्ने अवस्था अथवा टाढा अन्य ठाँउमा जानु पर्ने बाध्यताको अन्त्य गर्न आफु संघिय सरकारलाई घचघचाउन आएको बताए ।
उक्त आवस्यक स्वास्थ्य उपकरण तथा दक्ष चिकित्सकहरुको व्यवस्थापनका लागी स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय मोहन बहादुर बस्नेतसंग भेटेर सामग्रीहरु व्यवस्थापन गरिदिन आग्रह गरिएको उनले बताए । साथै, स्वास्थ्य सचिव डा.रोसन पोखरेल,स्वास्थ्य सेवा विभागका महानिर्देशक दिपेन्द्र रमण सिह, व्यवस्थापन शाखा निर्देशक सर्भेश सर्मा संग पनि भेटघाट गरी उक्त मागहरु लाई उच्च प्राथमिकता राखेर व्यवस्थापनमा बिशेष ध्यान दिन आग्रह गरिएको उनले बताए ।
आफुहरुले भेटेका सबै व्यक्तीहरुले सम्पुर्ण आवश्यक बिशेषज्ञ, चिकित्सक तथा आवश्यक उपकरण उपलब्ध गराउने प्रतिवद्वता जनाएको अध्यक्ष भट्टले जानकारी दिए ।
Comments are closed.