महेन्द्रनगर । बाजुरामा जिप दुर्घटना भएको छ । बुृढीनन्दा नगरपालिका वडा नं १ पिपलडालीमा जीप दुर्घटना हुँदा ७ जना घाइते भएका छन्। आज दिउँसो कोल्टीबाट धुलाचौर जाँदै गरेको सुदुरपश्चिम प्रदेश ०१००१ ज १२४१ नम्बरको जीप दुर्घटना हुँदा ७ जना घाइते भएका हुन ।
सडक छेउमा साइड दिने क्रममा जीप दुर्घटना भएर ७ जना घाइते भएको इलाका प्रहरी कार्यालय कोल्टीले जनाएको छ । जीप दुर्घटना हुँदा मुगुको खत्याड गाउँपालिका वडा नं ९ का १४ वर्षका असल परिवार, सोही वडाका वर्ष ३० का पुन्न सार्की, ३० वषकै नन्दकृष्ण सार्की, ४९ वर्षका कृष्ण बहादुर सार्की, हिमाली गाउँपालिका वडा नं ४ का वर्ष ३५ का छम्मा सुनार र वडा नं ६ का वर्ष १८ का मान बहादुर सार्की घाइते भएको प्रहरीले जनाएको छ । घाइते सबैको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।
Comments are closed.