महेन्द्रनगर । डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ मा रहेको श्री असिग्राम माध्यमिक बिद्यालयमा पूर्व प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका पार्टी सभापति शेर बहादुर देउवाले अध्ययन गरेका थिए । त्यही बिद्यालयमा डडेल्धुराका युवा समाजसेवी बिनय प्रकाश मल्ल को आर्थिक सहयोग गरेका छन् ।
उनले उक्त विद्यालयमा अक्षयकोषको स्थापना गरेका हुन् । ५५ हजार ५ सय ५५ रुपैँयाको अक्षय कोष खडा गरी विपन्न जेहेन्दार मिहिनेती बिधार्थीहरुलाई शिक्षा आर्जन गर्न सहज होस भन्ने मुख्य उदेश्यका साथमा सहयोग गरिएको समाजसेवी मल्लले जानकारी दिए । आफुले कमाउको केही सानो सहयोगले दलित विपन्न जेहेन्दार बिद्यार्थीहरुले बढन पाउन भन्ने आफनो आशय रहेको र आफनो जिल्लामा पैसाको अभावले कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस भनेर अन्य बिद्यालयमा पनि आफुले सहयोग गरेको उनले बताए ।
स्थानिय युवा पुरन महता को समन्वयमा बिद्यालयमा उक्त सहयोग गरिएको थियो । कार्यक्रम मा नेपाल प्रहरी,जनप्रतिनिधि,अभिभावक लगायत अन्य आदरणीय ब्यक्ति हरु को उपस्तिथि थियो । डडेल्धुराका स्थानिय समाजसेवी बिनय प्रकाश मल्लको नाम अहिले बच्चाबच्चाको मुखमा झुन्डिएको छ । मात्रै उनले गरेको कार्यले उनलाई यतीबेला स्थानियहरुले मल्ललाई मनमनमा राखेका छन् ।
समाजमा रहेका दिनदुखी अनाथ दलित अपाङ शिक्षा क्षेत्रमा गरेको सहयोगले उनलाई अहिले डडेल्धुरामा नचिन्ने कमै छन् । तिनै विनय प्रकाश मल्लले डडेल्धुरामा रहेका बिद्यालयमा २ लाख ४२ हजार बढी रकम अक्षयकोष स्थापना गरेका छन् ।
अमरगढी नगरपालिकाका ११ वटै वडाका सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना गर्न आर्थिक सहयोग गरेका समाजसेवी मल्लले आफ्नो जन्मदिनको अवशर पारेर जिल्लाका विकट ग्रमीण क्षेत्रमा रहेका थप चार सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गर्न आर्थिक सहयोग गरेका हुन् ।
Comments are closed.