उत्पादन होला त डडेल्धुरामा मोती ?

महेन्द्रनगर । अब सुदूरपश्चिममा पहिलो पटक मोती उत्पादन सुरु गरिदै छ । डडेल्धुराको भित्रिमधेश परशुराम नगरपालिका–४ कटालमा मोतीको उत्पादन हुने भएको हो । ८० प्रतिशत रकम सरकारको र २० प्रतिशत रकम नीजि लगानीकर्ताको गरि मोती उत्पादन सुरु गर्न लागिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग बाणिज्य तथा उपभोक्ता हित निर्देशनालय अन्तरगत घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराको सम्भाव्यता अध्ययन पश्चात कटालमा मोती उत्पादनका लागि आवश्यक पूर्वाधार निर्माणको काम थालिएको हो । मोती उत्पादन गर्न समुद्री जीव सिपी आवश्यक पर्छ । नेपालमा हाल मोरङ जिल्लामा मात्रै मोती उत्पादन हुने गरेको छ ।

सुदूरपश्चिममा डडेल्धुरा संगै दार्चुलामा मोती उत्पादनका तयारी थालिएको छ । स्थानीय चक्र मालले मोती उत्पादनका लागी घरेलु तथा साना उद्योग कार्यालय डडेल्धुराका संग सम्झौता गरि पोखरी निर्माणको काम गरेका छन । भारतबाट सिपी ल्याई मोती खेती गर्ने उनले बताए ।

सम्बन्धित

Comments are closed.