महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी सीमावर्ती बैवाह गाउँमा एकै रातमा घर घरमा चोरी भएको छ । गयराती बेलडाँडी गाँउपालिका ३ वैवाह सीमावर्ती गाँउमा ९ घरमा चोरी भएको हो । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरी सहितका ९ घरमा मोवाईल चोरी भएको स्थानीयले बताएका छन ।
बेलडाँडीका स्थानीय युवा चेतन कुमार राईले सीमावर्ती गाँउका ९ घरमा मोबाईल चोरी भएको बताए । सीमा क्षेत्रमा सशस्त्र प्रहरी र प्रहरीको बलियो उपस्थिति रहेको बेलडाँडीको बैवाहमा मोबाईल चोरी हुँदा समेत पत्ता नलाग्नु दुखत विषय भएको बताए । उनले घटनामा प्रहरी र सशस्त्र प्रहरीले चनाखो भएर चोर पत्ता लगाएर कार्बाही गर्नुपर्नेमा जोडदिए ।
वडाध्यक्ष दुर्गा चौधरी सहित नरान्त चौधरी, भानुराम चौधरी, रकमदास चौधरी, जबरदास चौधरी, दयाराम चौधरी, जित ब। चौधरी, सुरेश चौधरी, गरिमा चौधरीको ३ साधा अन्य सबै टच मोबाईलका साथै दुर्गा र जितको पसल समेत चोरी गरेका छन । बेलडाँडी गाँउपालिका ३का वडाध्यक्ष दुर्गा चौधरीले चोरमाथि ईप्रका बेलडाँडीले वडाध्यक्ष दुर्गा चौधरीबाट आएको मौखिक जानकारीकै आधारमा घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।
ईप्रका बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक पुष्परराज पन्तले घटना स्थलमा प्रहरी खटाएर अनुसन्धान अघि बढाईएको बताए । ‘घरबाटै मोबाईल चोरी भएको जानकारी आएपछि हामीले त्यहाँ टोली नै खटाएर अनुसन्धान अघि बढाएका छौँ, ‘उनले भने, ‘घटना बारे आवश्यक अनुसन्धान अघि बढाईएको छ ।
’ स्थानीयले चोर समुहलाई कानुनी कठघरमा उभ्याएर कानुनी कार्बाही आवश्यक रहेको माग अघि सारेका छन ।
Comments are closed.