महेन्द्रनगर । पाँच वर्ष मुनिका सबै बालबालिकालाई खोप लगाई सकिए पछि डडेल्धुरा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । बालबालिकालाई प्रत्येक महिना १३ प्रकारका रोगविरुद्ध खोप लगाउने गरिन्छ ।
शनिबार जिल्ला सदरमुकामको अमरगढी नगरपालिकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री गीतादेवी मालले जिल्ला पूर्ण खोप समन्वय समितिका संयोजक एवंम् जिल्ला समन्वय समिति प्रमुख गगनसिंह भण्डारी प्रमाण पत्र प्रदान गरि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
डडेल्धुरालाई सर्वप्रथम २०७२ साल पुस १० गते पूण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको थियो । यहाँ हाल १०६ वटा खोप केन्द्रबाट प्रत्येक महिनाको २ गते देखी ८ गते सम्म खोप सेवा प्रबाह हुदै आएको स्वास्थ्यका कार्यालयले जानकारी दिएको छ ।
२०७९ माघ देखि चैत महिना सम्म गरिएको घरधुरी सर्वेक्षणमा १५ महिना सम्मका दुई हजार ७८९ बालवालिका मध्ये एक जना शुन्य डोज, २२ जना ड्रप आउट भेटिएको र १६ महिना देखि २३ महिना सम्मका दुई हजार ४० जना बालवालिका मध्ये ४ जना शुन्य डोज, ७८ जना ड्रप आउट भेटिएका थिए ।
खोप लगाउन छुटेका सबै बालवालिका लाई वैशाख महिना सम्म राष्ट्रिय खोप तालिका अनुसार पाउनु पर्ने सबै खोप लगाई वैशाख महिनालाई खोप महिनाका रुपमा मनाईएको थियो ।
Comments are closed.