वेदकोटमा लैङगीक हिंसाको विश्लेषण तथा न्युनिकरण समन्वय गोष्ठी सम्पन्न

महेन्द्रनगर । वेदकोट नगरपालिकाले समुदाय स्तरमा लैङगीक हिंसाको विश्लेषण तथा न्युनिकरणका लागि आवश्यक समन्वय गोष्ठी सम्पन्न गरेको छ । आईतवार पालिकालको भवनमा वेदकोट नगरपािलका अन्तरगतको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा सम्पन्न भएको गोष्ठीमा सभाध्यक्ष वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशी प्रमुख अतिथीमा नगर प्रमुख भोजराज बोहरा रहेका थिए भने, बिशिष्ट अतिथीमा प्रमुख प्रशासकिय अधिकृत पदमराज भट्ट रहेका थिए ।

उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरु, मेलमिलापकर्ता, सुरक्षा निकाय, पत्रकार, वुद्धिजिवी,समाजसेवी लगायतको उपश्थिती रहेको थियो । कार्यक्रमका सहभागीहरुले अहीले पनि समुदायमा लिंगका आधारमा गरिने बिभेद कायमै रहेको बताएका छन् । अहिले पनि छोराको आशमा छोरी मात्रै जन्माउने तथा महिलाको स्वास्थ्यको ख्याल नगर्ने, छोरा र छोरीमा भेदभाव गर्ने, राम्रो शिक्षा छोरालाई दिने छोरीलाई अबहेलना गर्ने विभेद गर्ने समाजमा रहेको सहभागीले बताएका छन् ।

अहिले लैङगीक हिंसामा तुलनात्मक रुपमा महिलाहरु बढि पिडित रहेको र सबै भन्दा बढी समुदायमा मदिरा र लागु औषधका कारणले महिलाहरु हिंसामा पर्ने अपराधीक क्रियाकलाप बढने गरेको सहभागीहरुले बताए । वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले यो विषयमा सबैलाई जानकारी प्रदान गर्नका लागि यस्ता कार्यक्रमहरुको आयोजना गरिनुपर्ने बताईन ।

अहिले मानविय विकासको अपरिहार्य रहेको अवस्थामा भौतिक संरचना बनाई तर मानविय विकासमा हामीले अब काम गर्नुपर्ने जिकिर गरिन । साथै १६ दिने लैङिगक हिंसा न्युनिकरण अभियानमा बिभिन्न जनचेतना मुलक कार्यक्रम गरेको, महिलाहरुलाई बिभिन्न तालिम पश्चात उनिहरलाई अर्थिक रुपमा शशसक्त बनाउन लागेको बताईन् ।

साथै लागु औषध न्युनिकरणको विषयमा समुदायमा, महिलाहरुसंग, मानव अधिकारकर्मी, बिद्यार्थीहरुसंग बिभिन्न चरणमा जनचेतना मुलक कार्य गरेको र अहिले वडाहरुमा प्रेसर गु्रप निर्माण गरेर समुदायमा कार्यको थालनी गरिरहेको जानकारी दिईन् । कार्यक्रमका लागी कार्यक्रम नगरी महिलालई आर्थिकश्ररुपमा शसक्त नभए पिडित नै रहने उत्पीडनमा रहने भएकाले उनिहरुलाई आर्थिकरुपमा सबल बनाउनका लागि पनि तालिम प्रदान गरेको बताईन् ।

यस्तै नगर प्रमुख भोजराज बोहराले प्राकृतक रुपमा पुरुषले आफुलाई बलियो ठानेर नै महिला माथी दमन गर्ने अवहेलना गर्ने र हिंसाको जन्म हुने बताए । अहिले लागु औषध प्रयोगकर्ताले पनि बढी हिंसाका घटना बढेको पाईएको उनले बताए । सबैले आफनो परिवारबाट नै यसको न्युनिकरणका लगि पहल थाल्नु पर्ने बताए ।

सम्बन्धित

Comments are closed.