महेन्द्रनगर । बाजुरामा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नं। ४ गवानीकी २३ वर्षीय सङ्गीता साउदको ज्यान गएको हो ।
झिगिने बार्जुगाड खोला तर्ने क्रममा आमाछोरी दुबै बगेका थिए । तर, संगिताले छोरीलाई भने खोला किनारतिर पुग्ने भंगालोमा छोड्न सफल भएकी थिइन् ।
नौ वर्षीय छोरीलाई काखमा राखेर खोला तर्ने क्रममा छोरीलाई खोलाले साइड लगाउँदा बाँच्न सफल भएको तर आमालाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकोे छ ।
Comments are closed.