महेन्द्रनगर । कञ्चनपुरमा लागुऔषध दुव्र्यशनी विकराल रुपमा रहेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । वेदकोट नगरपालिकाको आर्थिक सहयोग र नमुना महिला अधिकार मञ्चको आयोजनामा गरिएको नगर स्तरिय लागु औषध ओसारपसार नियन्त्रण सम्बन्धि अभियान समिक्षा कार्यक्रमका सहभागीहरुले कञ्चनपुरमा अहिले अधिकांस युुवाहरुलागु औषध दुव्र्यशनकिो कुलतमा फसेको पाईएको औँलाएका हुन् ।
नमुना महिला अधिकार मञ्चका अध्यक्ष हिरा जैशीले अहिले वेदकोट नगरपालिकामा लागुऔषध तथा ओसार पसारलाई न्युनिकरण गर्नका लागी १० वडा मध्ये ८ वडामा दवाव समुहको निर्माण गरी यस्को विरुद्धमा बिभिन्न जनचेतना मुलक कार्यक्रम गर्ने, नागरिक तथा युवा विद्यार्थीहरुलाई सचेत गर्ने कार्यक्रम गरेको जानकारी दिईन् ।
उक्त दवाव समुहमा समुदायमा रहेको जेष्ठ नागरिक, युवा, विधार्थी, समाजसेवी,किशोरी जागरण समुह, युवा क्लब, बाल क्लब, आमा समुह, राजनैतिक दलका प्रतिनिधी, लगायत अन्यहरुको संयुक्त सहभागीतामा उक्त समुह निर्माण गरिएको अध्यक्ष जैशीले जानकारी दिईन् । यस्तै महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख राधिका पन्तले युवाहरुलाई कुलतमा फस्न नदिन अभिभावकहरुको महत्वपूर्ण भुमिका रहने बताईन् ।
आफना बालबालिकालाई हरुको आनीबानी साथी संगत कस्तो छ भनेर जानकारी लिने र उसको हावभावबाट पनि लागुऔषधमा लागेको थाहा हुने बताईन् । यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम नगर प्रमुख भोजराज बोहराले वडामा निर्माण भएका दवाव समुहले सक्रिय भएर मात्रै नहुने यस्मा सबै जनप्रतिनिधी, अभिभावक शिक्षक वुद्धिजिवी, समाजसेवि सबैले हातेमालो गर्नुपर्ने बताए ।
साथै परिवारका सदस्यको महत्वपुर्ण भुमिका रहने हो भने, कुनैपनि बालबालिका कुलतमा फस्न नसक्ने बताए । समय मिलाएर आफना बालबालिकाहरुलाई बिचार गर्ने, उससंग माया स्नेह सम्मान विश्वास जस्ता बिचारको आदानप्रदान गर्नाले पनि बालबालिकामा रहेको गलत बानीहटेर जाने बताए । उनले भारतबाट क्यासिनोमा खेल्न आउनेहरु पनि लागुऔष्धका व्यापारी हुन सक्ने भएकाले प्रहरी प्रशासनले त्यता तर्फ पनि ध्यान दिन आवस्यक रहेको जिकिर गरे ।
साथ पालिकाले बिभिन्न शिर्षकमा यो लागुऔषध न्युनिकरण गर्नका लागी बजेटको पनि व्यवस्था गरेर काम गर्ने बताए । कार्यक्रमका सभाध्यक्ष एवम नगर उपप्रमुख तुलसी जोशीले समय समयमा यस्ता जनचेतना मुलक कार्यक्रमको आयोजनाले पनि समुदायमा सकारात्मक सन्देश जाने बताईन् । स्थानिय पालिका, समुदाय, समाजसेवी सुरक्षा, स्थानिय सबै मिलेर राज्यसंग हातेमालो गरेर भविश्यका कर्णधारहरुको सुरक्षा उनिहरुको भविश्य जोगाउनका लागी सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको बताईन् ।
परिवारका सदस्यहरुको भुमिकामा आफना बालबािलको लागी कमी हुन नपर्ने साथै, राज्यले पनि कडा कानुनको निर्माण गर्नुपर्ने बताईन् । सबैको एक्यवद्धता गरी एक अर्काको मुख नताकेर आफनो लगाय त समुदाकाय सन्ततीलाई बचाउन कुलतबाट टाढा राख्न सबैले मिलेर काम गर्नु पर्ने बताईन् ।
अहिले कञ्चनपुरमा यो आथीक वर्षमा २ सय ६६ जना पक्राउ परेका छन जसमध्ये, २ सय ४० पुरुष, १२ महिला, १४ भारतिय नागरिक रहेका छन् ।