बैतडीमा मादक पदार्थ सेवन गरेर गाउँपालिका कर्मचारी बिच कुटाकुट

महेन्द्रनगर । बैतडीमा एक गाउँपालिका कर्मचारी मादक पदार्थ सेवन गरे एक आपसमा कुटाकुट गरेका छन् । बैतडीको डिलाशैनी गाउँपालिकाका कर्मचारी मादक पदार्थ सेवन गरी कुटाकुट गर्दा प्रहरी खोरसम्म पुगेका छन् ।

सोमबार राती १० बजेतिर गाउँपालिकाका लेखापाल नारद विष्ट, आलेप जया साउद, कम्प्युटर अपरेटर प्रदीप भट्ट  लगायतका कर्मचारी गाउँपालिकाको वडा नम्बर ६ बरम बजारमा मादक पदार्थ सेवन गरि आपसमै झगडिएका हुन् ।

आपसमा हानहान हुन थालेपछी उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । फेरि गाउँपालिकाकाकै एक कर्मचारीको रहोबरमा उनीहरु राती नै छुटेका थिए ।

सम्बन्धित

Comments are closed.