वेदकोटमा लागूऔषध नियन्त्रण सम्बन्धि अभिमुखिकरण सम्पन्न

महेन्द्रनगर । बिद्यालयमा अध्ययनरत अधिकाँस युवा बिधार्थीहरु सबै भन्दा बढी लागुऔषध को कुलतमा फसेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । वेदकोट नगरपालिकामा किशोर किशोरी र अभिभावक सरोकारवालाहरूलाई लागूऔषध दुव्र्यशन तथा मदिरा नियन्त्रण सम्बन्धि अभिमुखिकरण कार्यक्रममा सहभागी जनाएका सहभागीहरुले बिद्यालय कलेजमा अध्ययन गर्न जाने र साथीहरुको संगतमा लागुऔषधको प्रयोग गर्ने गरेको बताए ।

मंगलवार वेदकोट नगरपालिकाको सभाहलमा महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । दिन प्रतिदिन लागू औषध दुव्र्यसन तथा मदिरा प्रयोगकर्ता बढ्दै गएपछि यस्ता किसिमका जनचेतना मुलक कार्यक्रमको आयोजना गरिएको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख राधिका पन्तले जानकारी दिईन् । अहिले समाजमा लागू औषध दुव्र्यशन तथा मदिराले गर्दा किशोर किशोरीले अकालमै ज्यान गुमाउनु परेको र सरकारले प्रतिबन्ध गरेको औषधी लुकिछिपी बजारमा सहजरूपमा बेचबिखन भईरहेको सहभागीहरुले बताए ।

कार्यक्रममा आफनो प्रस्तुती दिने क्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक हर्षबहादुर चन्दले आफनो समुदायमा बिद्यालयमा कुनै पनि शंकास्पद क्रियाकलाप देखेमा अथवा युवाहरुलाई कुलतमा फसेको सेवन गर्दै गरेको थाहा पायो भने, तुरुन्तै प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे, उनले आफनो बालबालिकाको शैली र बोल्ने शैलीमा अचानक परिवर्तन आउनु, बिना कारण झगडा गर्नु, फिजुल खर्च गर्नु, कक्षाकोठामा नियमीत नहुनु,पढाईको स्तर घट्द जानु, शारिरिक रुपमा कुपोषण भए जस्तो हुनु लगायतका लक्षण कुलतमा रहेको अथवा फसेको हुन सक्ने भनेर जानकारी दिने कुराहरु रहेको बताए ।

साथै उनले यो आर्थिक वर्षमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चरेश २६.१२५ केजी, खैरो हिरोईन, ४९९.६६ ग्राम, नाईट्राभेट ३६ ट्याब्लेट लगायतको १४ सय थान ट्याब पिस फेला पारेको प्रहरी निरिक्षक हर्षबहादुर चन्दले बताए । साथै यो वर्षमा २ सय ६६ जना पक्राउ परेको र जसमध्ये पुरुष २ सय ४०, महिला १२, भारतिय नागरिक १४ जना रहेको उनले बताए । यस्तै, कार्यक्रमका सभापति नगर उप प्रमुख तुलसी जोशीले अहिलेको सबै भन्दा ठुलो समस्या, चुनौती भनेकै लागुऔषधलाई न्युनिकरण गर्नु रहेको बताईन् । यसको निराकरण गर्न सबै सम्बन्धीत पक्षले लाग्नु पर्ने र यो अहिलेको विकराल समस्या को रूपमा रहेको यसलाई जरैबाट उखाल्न यस प्रकारका जनचेतना मुलक कार्यक्रम आवश्यक रहेको बताईन् ।

साथै, लागूऔषध तथा मदिरा नियन्त्रणको लागि सबैले आ–आफ्नो घर बाटै प्रयासको थालनी गर्नुपर्ने बताईन् । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख भोजराज बोहराले ‘दुव्र्यसन बाट बिषेश गरे किशोरकिशोरीहरु फस्दै गएको अवस्थामा उनिहरुले बच्न जरुरी रहेको बताए । यो कुलत एक प्रकारको रोग भएकोले यसको प्रयोग बिक्रिवितरण गर्नेलाई कानुनले पनि कडा भन्दा कडा सजाय गर्नुपर्ने बताए ।

त्यसैगरी मदिराले धेरैको घरबार बिगारेको छ । यो पनि समाजको रोगको रूपमा स्थापित भएको छ । ‘वेदकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा कञ्चनपुरले आयोजना गरेको थियो । कार्यक्रम सञ्चालन सुनिता भट्टले गर्नु भएको थियो ।

सम्बन्धित

Comments are closed.