पत्रकार महासंघ डडेल्धुराका नाममा अख्तियारमा उजुरी

महेन्द्रनगर । नेपाल पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाको कार्यालय तथा सुदुरपश्चिम सूचना केन्द्र भवन निर्माणमा आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी परेको छ ।जिल्लाका बिभिन्न स्थानीय तहहरुबाट प्राप्त भएको आर्थिक सहयोगलाई आयव्यय पारदर्शी नगरेको, कोरोनाकालमा भएको आयव्यय पारदर्शी नगरेको

आर्थिक वर्ष २०७७ र०७८ मा सहरी विकास तथा भवन कार्यालय राजपुर डोटीको फिल्ड कार्यालय डडेल्धुरा मार्फत बजेट कार्यान्वयन भएको रुं १५ लाख बराबरको काम नभएको र हाल चालु आ।व।मा निर्माणाधिन भवन निर्माणमा रु. ३० लाख कार्यान्वयन गर्न बिधि प्रकृया अबलम्बन नगरि काम संचालन गरेको जस्ता दर्जनौं विवादित विषयका बिच महासंघ जिल्ला शाखाले योजनाको सार्बजनिक सुनुवाई तथा सामाजिक परिक्षण समेत नगरेकोमा आर्थिक अनियमितता भएको ठहर गरि आयोगमा बेनामी उजुरी परेको जनाईएको छ ।

नेपाल पत्रकार महासंघ डडेल्धुरा जिल्ला शाखाका गतिबिधिहरु एकलौटी गरिएको, गैर पत्रकारलाई सदश्यता दिईएको र संस्थागत आन्तरिक अपारदर्शितालाई दृष्टिगत गरि महासंघ जिल्ला शाखाका निबर्तमान अध्यक्ष लगायत संगठनमा आबद्ध क्रियासिल पत्रकारहरुले संस्थागत आर्थिक तथा संगठनात्मक पारदर्शिताका लागि आवाज उठाए पनि सत्ताशक्तिको दम्भमा वेवास्ता गर्दै भवन निर्माण कार्यलाई अगाडी बढाएकोले आज डडेल्धुराका पत्रकारको बदनाम मात्र भएन सुशासनको अभियानलाई साथ दिने संस्था महासंघ माथी आँच आउने अवस्था आएको महासंघका निबर्तमान अध्यक्ष मान बहादुर साउँदले बताए ।

सम्बन्धित

Comments are closed.