महेन्द्रनगर । नेकपा (माओवादी केन्द्र) का सांसद महेशकुमार महराले राष्ट्रिय सभा बैठकमा बोल्दै कञ्चनपुरको शुक्लफाँटा आरक्ष पीडितहरुको उचित व्यवस्थापन गर्न माग गरेका छन् ।
उनले कञ्चनपुरको शुक्लाफाँटा आरक्षबाट २०५८ सालमा नागरिकहरुलाई निकालिएको भए पनि हालसम्म उचित व्यवस्थापन नगरिएको बताए । उनले विस्थापित आरक्ष पीडितहरुलाई व्यवस्थित गर्न माग गरे ।
आरक्ष पीडितहरु हालसम्म शिविर, जंगल र नदीका किनारामा बस्न बाध्य भएको भन्दै उनीहरुलाई जमिन दिएर व्यवस्थापन गर्नुपर्ने उनले बताए ।
आफ्नो जमिन आरक्षलाई छोडेको भए पनि त्यहाँका नागरिकलाई हालसम्म मुआब्जा नदिइएको उनको भनाइ छ ।
Comments are closed.