डोटीको सिलगढी बजारलाई सुन्दर बनाउन यस्तो गरियो

महेन्द्रनगर । पछिल्लो समय काठमाण्डौ महानगरपालिकाले बजार क्षेत्रमा, सार्वजनिक क्षेत्रमा फुलका गमला राखेर सुन्दरता बढाएको देखिन्छ । सुदुरपश्चिमको डोटीमा पनि त्यस्तै मिल्ने खालको योजना अगाढी ल्याईएको छ । डोटीको ऐतिहासिक बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गरिएको हो।

दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ ले एक घर दुई गमलाको अवधारण अनुसार फुल रोप्नको लागि गमला वितरण गरेको छ। इतिहास बोकेको सिलगढी बजारको सौन्दर्यता बढाउन घर घरमा गमला वितरण गएिको वडा अध्यक्ष नरेश मलासीले बताए। मंगलबार र बुधबार सिलगढीका सबै घरहरुमा गमला वितरण गरिएको अध्यक्षले बताए।

सिलगढीका प्रत्येक घरमा गरेर जम्मा ७ सय गमला वितरण गरिएको छ। सिलगढी बजार क्षेत्रको सौन्दर्य बढाउन र हरियाली कायम राख्न बजार क्षेत्रका प्रत्येक घरधुरीलाई २र२ वटा प्लाष्टिकका गमला वितरण गरेको हो।

सम्बन्धित

Comments are closed.