महेन्द्रनगर । कैलालीको अत्तरियामा १८ वर्षीया किशोरी अस्मि बोहरा मृत अवस्थामा फेला परेको घटनामा संलग्न बोहराकी साथी लक्ष्मी खडका पक्राउ परेकी छिन् । उनी उक्त घटना घटेको समयदेखी नै फरार रहेकी थिईन् । प्रहरीले अस्मीको आत्महत्या दुरुत्साहन मुद्दामा मुगुको सेरु गाउँपालिका– ३ का २१ वर्षीय डिलेन्द्र शाहीलाई पक्राउ गरिसकेको छ।
अस्मीका आफन्तले शाही र अस्मीकी साथी लक्ष्मी खड्काका विरुद्ध किटानी जाहेरी दिएपछि उनलाई पक्राउ गरेको थियो। तर, आफ्नो कोठामा बोलाएर बलात्कारको मतियार बन्ने साथी लक्ष्मी भने फरार थिइन्। आत्महत्या दुरुत्साहन मुद्दामा लक्ष्मी खडकालाई हिजो नेपालगन्जबाट पक्राउ गरिएको र उनलाई जिल्ला झिकाएर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले जानकार दिएका छन् ।
अस्मीको न्यायका लागि आफन्तले प्रदर्शन गरिरहेका छन्। असार ९ गते आफ्नै घरमा मृत फेला परेकी अस्मिलाई देहत्याग गर्न बाध्य पार्नेलाई कारवाहीको माग गर्दै प्रदर्शन गरिँदै आएको हो। असार ९ गते कैलालीको अत्तरियामा १८ वर्षीया किशोरी अस्मि बोहरा मृत अवस्थामा फेला परेकी थिइन् ।
६ महिनादेखि अलाईट टेक्निकल कलेजमा नेत्र विज्ञान विषयमा अध्ययनरत अस्मी कलेजकै होस्टेलमा बस्दै आएकी थिइन। उनीमाथि सोही कलेजमा अध्ययनरत लक्ष्मीको घरमा गएको बेला जबरजस्ती करणी भएको परिवारको दाबी छ।