कञ्चनपुरमा सहायक प्रमुख जिल्ला अधिकारी जोशीद्धारा औपचारिक कार्यक्रममा भिडियो खिच्न रोक

महेन्द्रनगर । कञ्चनपुरमा नव आगन्तुक प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीसंग राखिएको परिचयात्मक कार्यक्रममा पत्रकार र सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी बिच चर्काचर्की भएको छ । बुधबार दिउँसो ४ बजेतिर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले नव आगन्तुक प्रमुख जिल्ला अधिकारी (सिडियो) संग जिल्लाका संचारकर्मीको परिचयात्मक कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रममा सिडियो अधिकारी बोल्दा पत्रकारहरुले फोटो र भिडियो खिचिरहँदा सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भिडियो खिच्न नपाईने, पत्रकारहरु बोल्दा नखिच्ने प्रमुख जिल्ला अधिकारी मात्रै बोल्दा किन खिचेको भन्दै भिडियो खिच्न रोकेका थिए । उनले पत्रकारहरुलाई कानुन केहो ऐन नियम थाहा छ की छैन ? भनेर भनेका थिए । उक्त विषयमा केही बेर पत्रकारहरु र सहायक प्रमुख जिल्ला अधिकारी जोशी बिच भनाभन पनि भएको थियो । पत्रकारहरुले औपचारिक कार्यक्रममा पनि यसरी पत्रकार माथी धावा बोल्ने पत्रकारीता पेशा माथी हस्तक्षेप गर्ने अधिकार कसैलाई नभएको बताएका थिए ।

विगतमा पनि जोशीले केही पत्रकारहरुलाई यस्तै शैली प्रयोग गरी रेडियोका लागी आवाज रेकर्ड गर्न नदिएको कसको अनुमतीमा आवाज रेकर्ड गरेको भन्दै आवाज रेकर्ड रोक्न लगाएका थिए । उक्त कार्यक्रमका अध्यक्षता प्रमुख जिल्ला अधिकारीले गरेका थिए । औपचारिक कार्यक्रममा पत्रकारहरुले फोटो भिडियो लिन पाउनु पर्ने कानुनी आधार रहेपनि सहायक प्रमुख जिल्ला अधिकारी जोशी जवाफदेहिता भएको व्यक्तिले बिचमा भिडियो खिच्न रोक्नु पत्रकार माथी हस्तक्षेप गरेको पत्रकार महासंघका कोषाध्यक्ष जयदेव जोशीले बताएका छन् ।

पदिय जिम्मेवारी अनुसार प्रमुख जिल्ला अधिकारीले आफनो बिचार धारणा प्रस्तुत दिई रहँदा बिचमा सहायक प्रमुख जिल्ला अधिकारीले ओभरटयाक गर्न कुन संबिधानमा उल्लेख गरिएको छ भनेर उनले प्रति प्रश्न गरेका थिए । प्रमुख जिल्ला अधिकारीले आफनो बिचार धारणा र प्रशासनबाट प्रवाह हुने सेवा सुविधाको बारेमा आम जनताले पनि थाहा पाउनु पर्ने विषयलाई बाहिर पत्रिकामा छाप्न नमिल्लने भिडियो सम्प्रेषण गर्न नमिल्लने भनेर सहायक प्रमुख जिल्ला अधिकारी धारणा गलत भएको पत्रकारहरुले बताएका छन् ।

यसरी सार्वजनिक पद धारण गरेका व्यक्तिकै अध्यक्षतामा भएको कार्यक्रममा प्रशाससनले प्रवाह गर्ने सेवको बारेमा साथै जिल्लाको शान्ति सुरक्षा र सुशासनको विषयमा आम जनमानसले पनि जानकारी पाउने विषयलाई भिडियो फोटो आवाज मार्फत जानकारी दिने विषयलाई रोक्नु गलत भएको देखिएको छ । चर्काचर्की पछि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले निर्वाधरुपमा भिडियो, फोटो खिच्न पाईने बताएका थिए । उनले उक्त विषयलाई गलत अर्थमा नबुझिदिन आग्रह गरेको छन् ।

पत्रकारहरुले जिल्लामा रहका बिभिन्न समस्या तथा सुधार गर्नु पर्ने विषयहरु र जिल्लाका अति सम्वेदशिल विषयमा जानकारी दिएका थिए । उक्त विषयमा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले सदैव संचार जगतको साथ सहयोग का अपेक्षा रहेको प्रतिक्रिया दिएका छन् ।

साथै प्रशासनले आईतवारबाट बिहान ८ बजेदेखी बेलुकी ६ बजेसम्म राहदानीका लागी फोटो खिच्ने सेवा सुचारु गरेको पनि उनले जानकारी दिए ।

सम्बन्धित

Comments are closed.