महाकाली सिचाई आयोजनाले नहरमा परीक्षणका लागि पानी छोड्ने

महेन्द्रनगर । महाकाली सिचाई आयोजनाले तेस्रो चरणको नहरमा परीक्षणका लागि पानी छोड्ने भएको छ । आयोजनाको अन्र्तगत ब्रम्हदेवदेखी फुलेली (घर कटुवा खोला) सम्मको मुल नहरमा शुक्रवारदेखी टनकपुर ब्यारेजबाट पानी छोडिने भएको हो ।

बिहिवार एक सूचना जारी गर्दै शुक्रबार नहरमा पानी छोडिने तयारी पुरा भएको जनाइएको छ । सो क्षेत्रका वासिन्दालाई आफ्ना बालबालिका, चौपायालगायतको सुरक्षामा ध्यान दिन आयोजनाले आग्रहसमेत गरेको छ । निर्माण सम्पन्न भएको मूल नहरमा परीक्षण गरेर पानी सञ्चालनको तयारी भइरहेको आयोजनाका सूचना अधिकारी उमेश गुप्ताले बताए ।

नेपाल–भारतबीच भएको महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजदेखि नेपाली भूमिसम्म भारतले निर्माण गर्नु पर्ने एक हजार दुई सय मिटर नहर निर्माणको काम सम्पन्न भएको छ ।

२९ माघ २०५२ मा नेपाल र भारतबीच महाकाली सन्धि भएको थियो । सन्धि भएको १० वर्षपछि आर्थिक वर्ष २०६३÷०६४ देखि निर्माण थालिएको नहरमा पानी सञ्चालन हुने भएको हो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.