महेन्द्रनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादर देउवाको प्रशंसा गरेका छन्।देउवाको गृहजिल्ला सदरमुकाम बसपार्क पुगेका लामिछानेले पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै देउवाको प्रशंसा गर्दै देशमा ल्याएको राजनीतिक परिवर्तनका लागि धन्यवादसमेत दिए ।
‘म विशेष धन्यवाद दिन चाहन्छु आदरणीय नेता शेरबहादुर देउवाज्यूलाई। एउटा गरिब किसानको छोरो यो देशको प्रधानमन्त्री बन्न सक्छ भने हरेक चिज हुनसक्छ,’ उनले भने, ‘प्रधानमन्त्री भएपछि देशप्रति इमान्दार हुनुपर्यो र निष्ठावान् हुनुपर्यो। अब बन्ने डडेल्धुराको नेताले आफ्नो परिवारको लागि भन्दा देश र माटोको लागि खर्च गर्नुपर्छ भन्न म यहाँ आएको हो।’
लामिछानेले छाती ठोकेर रास्वपा प्रवेश गर्न आग्रह गर्दै आफ्ना गौरवशाली पुराना पार्टीहरूसँग नडराउन आग्रह गरे। ‘तपाईंहरूको पार्टीको गौरवशाली इतिहास छ।तपाईंको दल हिजो शासकहरूको बन्दुक र गोलीसँग नडराएको सिपाही भएर आज सत्यको पक्षमा यहाँ उभिँदा कारबाही गर्छ भनेर डराउनुहुन्छ भने त्यो डरले यो देशलाई सक्छ,’ उनले थपे, ‘त्यो डर निकालिदिनुहोला।सभापति रवि लामिछानेले भ्रष्टाचारको जरो उखेल्ने आफूहरूको पहिलो काम भएको उनले बताएका छन्।
बिहीबार डडेल्धुरा सदरमुकाममा पार्टीले आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।
अहिले सरकारले भ्रष्टाचारका फाइलहरू खेल्न सुरु गरेको उल्लेख गर्दै सभापति लामिछानेले फाइल खेलेजस्तो गरेर बन्द गर्ने काम नगर्न सरकारलाई चेतावन दिए। सरकारले भुटानी शरणार्थी प्रकरणका हाङ्गाबिङ्गालाई मात्रै जेल पठाएको तर जरालाई जेल पठाउन नसकेको उनको भनाइ थियो।
‘सरकारले अहिले भ्रष्टाचारका फाइलहरू खेल्ने काम सुरु गरेको छ। तर म यहीँबाट सरकारलाई भन्छु फाइल खेलेजस्तो गरेर बन्द गर्ने षडयन्त्र नगर्नुहोला यदि गरेपनि ०८४ सम्म त जसोतसो चल्ला तर ०८४ पछि त्यो टिक्नेवाला छैन,’ पूर्वगृहमन्त्री लामिछानेले भने, ‘जिस्काउनका लागि फाइनल खेलेजस्तो गर्नुहोला, नेपाली जनताले ध्यान दिएर हेरेका छन्।
भुटानी शरणार्थी काण्डमा केही मान्छेहरू थुनिए, जनताहरू त्यो काण्डको जरोसम्म पुगेका हेर्न चाहन्छन्। सरकारले हाङ्गाबिङ्गा मात्रै काट्यो, जरालाई जेल पठाउन बाँकी नै छ।’
Comments are closed.