महेन्द्रनगर । बाजुराको बुढिगंगा नगरपालिका ७ का वडाअध्यक्ष भुवन सिंह केसीका छोरा दिलिप केसी कर्मचारी माथि हातपात र गालि गलौज गरेको भन्दै प्रहरीले प्रक्राउ गरेको छ । बिहिवार दिउसो नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथ र इन्जिनियर उप्रेन्द्र साउदलाई हातपात, गालि गलौज गरेको भन्दै प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी कबिन्द्र बोहोराले वताएका छन् ।
दिलिप केसीलाइ प्रक्राउ गरेर सदरमुकाम मार्तडीमा ल्याएका छौ, आज पिडितपक्षलाइ बोलाएर कानुनी कार्यवाहीका लागि अगाडि बढाइने प्रहरीले वताएको छ । एकपटक दुइपक्ष बिच छलफल पनि गर्ने उनले वताए । योजनाको काम कम भएको तर बिल उठाएर पुरै भुक्तानि दिनुपर्ने भन्दै उनले कर्मचारी माथि हातपात र गालि गलौज गरेको नगरपालिकाले वताएको छ । केसीले पहिला फोन बाट पनि कर्मचारीलाइ धम्काइरहेका थिए, पछि कार्यलयमै पुगेर हातपात र गालि गलौज गरेको कर्मचारीले वताए ।
कर्मचारीले काम अनुसारको बिल उठाउने भनेका थिए, तर उनले पुरै बिल उठाउने भन्दै कर्मचारी माथि आक्रमण गर्न खोजेको उपप्रमुख माया कुवरले वताएकि छन् । इन्जिनियर साउद माथि भने हातपात गरेको उनले लगाएको सर्टनै च्यातिएको कुवरले वताईन् ।
जसले थर्काएपनि धम्काएपनि काम नभएको रकमको बिल नउठाउन र भुक्तानि नर्गन कर्मचारीलाइ निर्देशन दिइसकेको उनले वताईन् ।
Comments are closed.