धौलीगंगा बाँधको बारेमा भारतले पठायो यस्तो पत्र

महेन्द्रनगर । महाकाली तटिय क्षेत्रमा रहेका स्थानियहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै भारतमा रहेको धौलीगंगा बाँध जुनसुकै बेलामा पनि खोल्न सक्ने भन्दै प्रशासनमा भारतले पत्र पठाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी प्रदिप सिंह धामीले बताएका छन् ।

मौसममा भईरहेको परिवर्तनले पछिल्लो समय बर्षतका कारण जलस्तर बढन् गई भारतमा रहेको धौलीगंगा बाँधमा पानीको स्तर बढेकाले जुनसुकै बेलामा पनि बाँध खोल्ने जानकारी आएको हुँदा नदि तटिय क्षेत्रमा सचेत तथा सर्तकता अपनाउन प्रशासनले आग्रह गरेको हो ।

पछिल्लो समय बर्षत पनि निरन्तर भईरहदा महाकाली नदीमा पानीको बहाव पनि बढेको हुँदा नदिका तटिय क्षेत्रमा सर्तकता अपनाउन नदी किनारामा नजान उनले आग्रह गरेको छन् । बाँध खोल्दा पानीको सतह बढ्ने भएकाले दार्चुलाको ब्याँस गाउँपालिकाको ५ धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका नदि तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ ।

यस्तै बैतडीको सेरादेखि कुस्मतघाटसम्मका नागरिकलाई नदी छेउछाउ आसपास नजान अनुरोध गरिएको छ । यस्तै दार्चुला र बैतडीका साथै डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकाली नदीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाउनले नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

विसं २०७० मा धौलीगंगाको कै बाँधका कारण दार्चुला सदरमुकाममा अर्बौको क्षति भएको थियो । दुई सय ८० मेगावाट विद्युत् क्षमताको धौलीगंगाको परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको छ ।

सोही अनुसार नेपाली प्रशासनले नदी आसपासका बासिन्दालाई बाध खोलिने बारे जानकारी गर्दै आइरहेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.