भीनपा १८ द्धारा भूमिहीन परिवारमा १४ वटा खानेपानीका धारा जडान

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ ले आफनो वडामा रहेको बिभिन्न ७ वटा क्षेत्रमा १४ वटा खानेपानीका धारा जडान गरेको छ , आईतवार उक्त खानेपानीका धाराहरुको उदघाटन गरिएको छ । भीमदत्त नगरपालिका १८ सालघारीका मजदुर र भूमिहिन परिवारले शुद्ध खानेपानी खान पाएपछि हर्षित भएका छन् ।

बजारको गन्दा नाला ढल निकासी पनि यही बस्ती मा जोडिने यो वर्षातमा पनि डुवान हुने र उक्त फोहर पानी नल्काको माध्यमबाट खाईरहेको स्थानीय राजकुमारी थारुले बताईन् । नल्काबाट गड्यौला भएको पानी आउने सारै समस्या भएको थियो, तर अहिले खानेपानीको धारा पाएकोमा वडालाई धन्यवाद दिन चाहेको उनले बताईन् । सफा शुद्ध खानेपानी नपाएर फोहर पानीबाट कतिपय स्थानिय बिरामी पनि हुनेको गरेको अवस्थामा शुद्ध खानेपानी पाएकोमा खुशी लागेको उनले बताईन् ।

 

विगतमा पनि स्थानिय सरकार वडा सरकार आएपनि कसैले पनि आफनो पिर मकाृ समस्या नबुझेको खानेपानी उपभोक्ता समितिको अनुगमन संयोजक दानसिंह विष्टले बताए । बजारको ढल मिसिउको पानी खाएर धेरै बिराम पर्ने समस्या भएको थियो अहिले वडाले शुद्ध खानेपानीको व्यवस्था गरिदिएकोमा वडालाई धन्यवाद व्यक्त गर्न चाहेको उनले बताए ।

जग्गाधनी पूर्जा नभएर धारा जडान गर्न नसकेका उनीहरुका लागि वडा कार्यालयले नेपाल खानेपानी संस्थानसित समन्वय गरी धारा जडान गरेको वडा अध्यक्ष विन्द्र प्रशाद देवकोटाले बताए । चालुआर्थिक वर्षमा वडाले २ लाख रुपैँया विनियोजन गरिएको र मजदुर र भूमिहीन परिवारले बसोबास गर्दै आएका सात टोलका १४ स्थानमा खानेपानीको धारा जडान गरिएको उनले बताए ।

मदन आश्रित टोल, जनचेतना टोल, शान्ती कामना टोल, बिशाद नगर टोल, ग्रीन टोल, उज्जवल टोल, र गौरदेबी टोलमा रहेको ६ सय ७३ परिवारलाई शुद्ध खानेपानी सुविधा पुगेको वडा अध्यक्ष देवकोटाले बताए । नेपाल खानेपानी संस्थानसंग सहकार्य गरी धारा जडानका लागि वडा कार्यालयले गत वर्ष बजेट छुट्याएको थियो ।

वडा अध्यक्ष देवकोटाले आइतबार विहान गौरामातादेवी टोलमा धारा उद्घाटन गरेका छन् । उनी गौरामाता देवी टोलपछि अन्य टोलमा पनि पुगेका छन् ।

सम्बन्धित

Comments are closed.