बैतडीको मेलौलीमा बस दुर्घटनामा परी एक जनाको मृत्यु, ३८ जना घाईते

महेन्द्रनगर । बैतडीमा भएको बस दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । सोमबार दिउँसो जिल्लाको मेलौलीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी पञ्चेश्वर गाउँपालिका–६ रन्तोलीका २८ बर्षीय उमेश भण्डारीको मृत्यु भएको हो ।

दुर्घटना परेर ३८ जना घाइते भएको बैतडी प्रहरीले जनाएको छ । पञ्चेश्वर, कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको लु २ ख २०११ नम्बरको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनामा परेको थियो।३८ जना घाइते मध्ये १६ जनाको अवस्था गम्भीर रहेको छ उनीहरुलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ। घाइतेको पहिचान हुन बाँकी छ।

घाइतेमध्ये २२ जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको छ । पञ्चेश्वरको कुलाउदेखि महेन्द्रनगरका लागि छुटेको बस मेलौली–पञ्चेश्वर सडकखण्ड अन्तर्गत मेलौली नगरपालिका–७ स्वाखानी भन्ने स्थानमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए । बस सडकबाट करिब चार सय मिटर तल खसेर रुखमा अड्किएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.