महेन्द्रनगर । बैतडीमा जनता आवास कार्यक्रममा विभेद गरिएको भन्दै उजुरी परेको छ । लाभग्राही छनौट गर्दा विभेद गरेको भन्दै जिल्ला प्रशासन कार्यालय बैतडी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरमा उजुरी परेको हो ।
डिलाशैनी गाउँपालिका वडा नं ३ की जानकी पालले छानबीन गरी आवश्यक कारवाही गरीपाउँ भन्दै दुवै ठाउँमा निवेदन दिएकी हुन् । जनता आवास कार्यक्रम अन्तर्गत गठन भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष शंकरराम भुलमार्फत शहरी विकास तथा भवन निर्माण कार्यालयमा फाइल पेश गर्दा वडा अध्यक्षले जानकीका नाममा सम्झौता नगर्न पत्र पठाएको जानकी पालले बताइन् ।
पारिवारिक अवस्था कमजोर हुँदाहुँदै वडा अध्यक्षले आफूमाथि राजनीतिक पूर्वाग्रहका आधारमा अन्याय गरेको भन्दै जानकीले स्थानीय प्रशासनलाई गुहारेकी हुन् ।
Comments are closed.