डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु

महेन्द्रनगर । डोटीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बिहिवार चट्याङ लागेर बडीकेदार गाउँपालिका–५ दुदिला टोलका हर्क बहादुर बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकार, प्रहरी नायव उपरीक्षक युवराज भण्डारीका अनुसार अन्दाजी ७० वर्षीय बोहराको घर आँगनको बारीमा बाख्रा चराउने क्रममा दिउँसो १ बजेतिर चट्याङ लागेर मृत्यु भएको हो ।
चट्याङ लागेर बोहरा सँगै स्थानिय नरेन्द्र बोहराका ६ वटा बाख्रा पनि मरेको स्वयम नरेन्द्र बोहराले बताएका छन । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित

Comments are closed.