महेन्द्रनगर । अत्तरियामा चिडियाखाना राखेर आफूजस्ता सांसदलाई राख्न व्यङ्गात्मक टिप्पणी गरेका छन् । बिहिबार सुदूरपश्चिम प्रदेशको बजेटमाथिको छलफलमा बोल्दै सांसद बमले निर्वाचित भएर एउटा पनि योजना ल्याउन नसक्ने आफूजस्ता सांसदलाई चिडियाखानामा राख्नुपर्ने टिप्पणी गरे । ‘अत्तरियामा चिडिया घर नहटाउनुहोस् । किनकी चिडिया घरमा अनौठो जनावर अनौठो चिजहरु राखिन्छ ।
त्यसमा पर्यटकहर टिकट काटेर हेर्न आउन्छन’ उनले भने ‘त्यो भित्र म जस्तो एउटा सांसदलाई राख्नुपर्छ । जो निर्वाचित भएर एउटा योजना ल्याउन सक्दैन । जसलाई सम्पुर्ण वडाहरुले बहिस्कार गर्छन । त्यस्ता सांसदहरु कुन देशमा छन रु त्यसैले मलाई त्यो चिडियाखाना भित्र राख्नुपर्छ । त्यसैले चिडियाखाना चाहिन्छ । ’कैलाली क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद बमले बजेटमा आफूले सांसदका हौसियतले उठाएका एउटा पनि योजना आफ्नो क्षेत्रमा नपरेको बताए ।
उनले आफ्नो क्षेत्रमा १७ योजना परेपछि ति योजना कसरी आए भन्ने आफैलाई थाहा नभएको बताए । उनले क्षेत्र नम्बर ४ ‘ख’ बाट मात्रै ३ सासद भएपनि आफूहरुले सिफारिस गरेका एउटा पनि योजना नपरेको बताए ।‘मेरो क्षेत्रबाट प्रदेशमा प्रत्यक्ष र समानुपातिक गरेर ३ सांसद छौ । तर, १७ योजना भित्र कुनै पनि माननियले प्रस्तुत गरेको योजना परेको छैन’ उनले प्रश्न गरे ‘ती १७ योजना कसको निर्देशनमा परेका हुन रु’उनले गोदावरी पुल देखि सशस्त्र बाहिनी सम्मको सडक निर्माणको लागि बजेट विनियोजन गर्नु उचित नभएको तर्क गरे । ‘यो सडक ६ लेनको छ । कुनै ठाउँमा फुटेको फुटेको छैन म त्यसमा घुमिसके ।
बीचमा फोर लेन सडक छ । त्यो सडक निर्माण भनेर ५० लाख छुट्याइएको छ’ उनले भने ‘जबकी चिसापानी देखि गड्डाचौकी सडक निर्माणका लागि एडीबीले पनि सम्झौता गरिसको छ । यो सडक कहाँ निर्माण हुने हो रु’सांसद बमले अहिलेको सरकारले प्रदेशसभा ९संसद० को निर्णय लत्याउने काम गरेको बताए । ‘२०७५ सालमा दुई तिहाई सांसदको मतले गोदावरीको २ र ४ मा राजधानी राख्ने निर्णय गरेको छ ।
तर, अहिलेको सरकारले दुई तिहाइको संसदले निर्णय गरेको कुरालाई लत्याएर गलत निर्णय गरेको छ’ उनले भने ‘बजेटमा प्रदेशका मन्त्रालयका भवन धनगढीमा बनाउने भनेर विनियोजन गरिएको छ ।’ उनले झुक्याएर अहिले धनगढीमै प्रदेश सरकारका कार्यालय बनाउन थालिएका बताए ।
Comments are closed.