महाकाली अस्पतालमै हुन्छ दुरबिन बिधीबाट शल्यक्रिया

महेन्द्रनगर । अब कञ्चनपुरमा रहेको महाकाली प्रादेशिक अस्पतालमा दुरबिन बिधीबाट उपचार शल्यक्रिया हुने भएको छ । महेन्द्रनगर स्थित महाकाली प्रादेशिक अस्पतालमा पहिलोपटक दुरबिन प्रयोग गरी शल्यक्रिया गरिएको हो ।

भीमदत्त नगरपालिका – १८ का २२ वर्षीया रामबती रानाको पित्तथैली को सफल सल्यक्रिया भएको अस्पताल व्यवस्थापन समितीका अध्यक्ष कृष्णानन्द भट्टले जानकारी दिएका छन् । अस्पतालका चिकित्सक डा.जनार्दन जोशी र डा. निर्मल थापा नेतृत्वको समूहले उक्त शल्यक्रिया गरेको उनले बताए ।

शल्यक्रिया गराएका रानाको स्वास्थ्य सामान्य रहेको अस्पतालले जनाएको छ। दुरबिनको प्रयोग गरेर शल्यक्रिया गर्दा पेटमा ठूलो घाउ पार्नु नपर्ने, यसबाट बिरामी छिट्टै निको हुने, घाउ पाक्ने जोखिम पनि कम हुने र समयका हिसाबले पनि छिटोछरितो हुने चिकित्सकहरु बताउँछन ।

शल्यक्रियामा डा. जनार्दन जोशी र डा. निर्मल थापा, डा. जेम्स थापामगर , डा. भावना भट्ट ,भावना शर्मा, रेनु पाठक लगायत ओटी टिमको सहभागीता थियो। नयाँ प्रविधि भएकाले यो पहिलो प्रयास जोखिमपूर्ण भएपनि यसको सुरुआतसँगै समान्य र जटिल सबै खालका शल्यक्रियामा सहयोगी बन्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन ।

सम्बन्धित

Comments are closed.