वेदकोट नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले पहिलो पटक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वेदकोट नगरपालिकाको हलमा आयोजना गरिएको कार्यक्रममा सार्वजनिक सेवाको पारदर्शिता तथा गुणस्तरियताको लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो ।

शुक्लाफाँटा मिडिया प्रा.ली कञ्चनपुर परामर्शदाता र वेदकोट नगरपालिकाको आयोजनामा उक्त कार्यक्रम गरिएको थियो । पालिकामा रहेका १० वटा वडामा शुक्लाफाँटा मिडिया प्रा.लीले अनुगमन गरेर वडामा भएका गतीबिधी, कमिकमजोरी सच्चाउनुपर्ने कार्यहरु लगायत वडाले प्रवाह गरेको सेवा सुविधा, वडाले प्रदान गर्ने जानकारीहरु सुचनाहरु लगायतका विषयमा रहेर अनुगमनमा देखिएका विषयलाई प्रस्तुतीकरण गरेका थिए । शुक्लाफाँटा मिडिया प्रा.लीका संचालक विष्णु अवश्थीले पालिका वडाहरुमा सुशासन कायम गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको बताए ।

पालिकामा सुशासन काम भयो भने पारदर्शिता हुने सेवा सुविधा चुस्त दुरुस्त हुने, र पालिका वडाहरुले कार्य सम्पादन गर्ने दौरानमा आफुहरु कहाँनिर चुकेका छौ त ? अथवा सुधार्नु पर्ने के रहेछ त ? भनेर आफनो कमीकमोजोरी गल्तीलाई सुधार्न पनि सहयोग मिल्ने उनले बताए । साथै पालिका र वडाले प्रदान गर्दै आएका सेवा सुविधाहरु कस्तो छ ? सेवाग्राहीहरुले कस्तो अनुभव गरिरहेका छन् ? भनेर पनि जानकारी दिन सकिने संचालक अवश्थीले बताए ।

आफुहरु पालिकाका १० वटै वडामा पुगेर त्यहाँका वस्तुस्थिती, भौतिक संरचना, नागरिक वडापत्र, र स्थानियहरुलाई प्रत्यक्ष भेटेर पालिका र वडा प्रति उनिहरुको विचार कस्तो छ ? खोजविन गरेर आगामी दिनमा कसरी सेवा प्रवाह गर्न सकिन्छ स्थानियको माग के छ ? भनेर जानकारी प्रदान गर्ने सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको उनले बताए । विगतका दिनहरुमा पनि शुक्लाफाँटा मिडिया प्रा.लीले अन्य पालिकाहरुमा पनि यो कार्यक्रमको आयोजना गरेको र प्रतिक्रिया सकारात्मक आउको संचालक अवश्थकिो भनाई रहेको छ । उक्त कार्यक्रमका सहभागीहरुले यो सार्वजनिक सुनुवाई कार्यक्रम निरन्तर संचालन हुनुपर्ने बताए । साथै यो कार्यक्रमले जनप्रतिनिधी, पालिकाका कर्मचारीहरु लगायतलाई घचघचाउने र कमि कमजोरीलाई सुधार्न मौका दिने उपयुक्त माध्यम रहेको बताए ।

शुक्लाफाँटा मिडिया प्रा.लीले प्रत्यक्ष स्थानियहरुलाई भेटेर गरेका छलफलमा उनिहरुले जनप्रतिनिधीहरुले बैठक कार्यक्रम भन्दा जनताको काममा ध्यान दिनुपर्ने, वडा कार्यालयले वडापत्र प्रवेशद्धार नजिक देखिने गरी राखिनु पर्ने, योजना छनौट भेलाको सुचना टोलटोलमा जानकारी दिनु पर्ने, वार्षिक निती तथा कार्यक्रमको बारेमा सबैलाई जानकारी गराउनु पर्ने, सेवाग्राही बस्ने ठाँउमा पंखाको व्यवस्था गरिनु पर्ने, खानेपानी, सुझाव पेटिका आदी राखिनुपर्ने लगायतका माग गरेका छन् । उक्त कार्यक्रममा पालिकाले सम्पन्न गरेका योजना कार्यक्रम तथा अन्य विकास बजेटको बारेमा पालिकाका प्रमुख प्रशासकिय अधिकृत पदम भट्टले प्रस्तुत गरेका थिए । वेदकोट नगरपालिकाले ५९.७५ प्रतिशत बजेट खर्च गरेको छ ।

यस्तै वडा नम्वर १ ले ७०.९९ प्रतिशत वडा नम्वर २ ले ५०.१५ प्रतिशत , वडा नम्वर ३ ले ८३.५९ प्रतिशत बजेट खर्च गरेको छ । यसैगरी, वडा नम्वर ४ ले ८७.४२ प्रतिशत, वडा नम्वर ५ ले ९१.१५ प्रतिशत , वडा नम्वर ६ ले ६८.६६ प्रतिशत, वडा नम्वर ७ ले ८०. ७४ प्रतिशत बजेट खर्च गरेका छन् । यस्तै, वडा नम्वर ८ ले ९१.४४प्रतिशत, वडा नम्वर ९ ले ५९.५६ प्रतिशत, र वडा नम्वर १० ले ७५.९६ प्रतिशत बजेट खर्च गरेका छन् । पारदर्शिता राख्नको लागि र सेवालाई समुचित ढंगले प्रवाह गर्नका लागि यो सार्वजनिक कार्यक्रम हुन आवस्यक रहेको वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले बताईन् ।

यो एक सुनौलो अवसर रहेको अवस्थामा सबै कुरा पारदर्शी तवरले गरियो जवाफदेही उत्तरदायी भयो भने, सेवा सुविधा प्रदान गर्न सहज हुनेर सेवाग्राहीहरुलाई पनि सहज हुने बताईन् । साथै नगरपालिकामा यो कार्यक्रम गर्ने परामर्शदाता शुक्लाफाँटा मिडिया प्रा.लीलाई धन्यवाद दिन चाहेको उनले बताईन् । कार्यक्रमका सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराले यो सार्वजनिक सुनुवनई कार्यक्रमले जनताको राय लिएर जनतासंग प्रत्यक्ष अप्रत्यक्ष रुपमा भेटेर उनिहरुको माग ईच्छा आकाँक्षा लिएर यहाँ प्रस्तुती दिनु अत्यन्तै सराहनिय रहेको बताए ।

साथै जनताहरुको बिचमा गएर उनिहरुले दिएका सल्लाह सुझावहरुलाई यो कार्यक्रम माझ पस्कीनु र हामीले सुधार्ने मौका दिनु भएकोमा परामर्शदातालाई धन्यवाद दिन चाहेको बताए । आफुहरु नागरिक पडापत्रमा चुकेको उनले बताए । साथै गाँउगाँउमा रहेको वडाका र्यालयमा फोटो कपी गर्ने सेवा छैन, त्यस्ता लगायत अन्य सेवा सुविधालाई चुस्त दुरुस्त राख्न उनले आग्रह गरे, हामीहरुले राजश्व मात्रै संकलन गर्ने तर सेवा प्रवाहमा हामी चुक्यौ भने त्यो राम्रो सन्देश नजाने उनले बताए ।

साथै यो सार्वजनिक सुनुवाई कार्यक्रमबाट आएको बिभिन्न विषयलाई सुधार्नु पर्नेमा वडा कार्यालयबाट आएका अध्यक्ष कर्मचारीहरुले सम्वेदनशिल भएर सुधार्नु पर्ने विषयलाई सुधार गरेर अघी बढन उनले आग्रह गरे । कार्यक्रममा वडा अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, स्थानिय , समाजसेवी, पत्रकारहरुको उपश्थिती रहेको थियो ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.