महेन्द्रनगर । बैतडीमा पहिरोमा परी आमा छोराको मृत्यु भएको छ । जिल्लाको पुर्चौडीमा पहिरोले घर पुरिँदा आमा २५ वर्षिया अञ्जु जागरी र उनका छोरा पाँच वर्षीय रिजन जागरीको मृत्यु भएको हो ।
बैतडी प्रहरीका अनुसार पुर्चौंडी नगरपालिका–२ को भैरु टोलमा आइतबार राति पहिरोले घर पुरिँदा उनिहरुको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय पाटनका अनुसार मृतक अञ्जुका सासुआमा ४५ वर्षीय राइमती र देवर १७ वर्षीय गोब्बर जागरी घाइते भएका छन्।
सोही घरमा पाहुना बस्न आएकी छिमेकी ६० वर्षीय जस्मा बोहरा पनि घाइते भएकी छन्। मृतक अञ्जुका श्रीमान रोजगारीको सिलसिलामा भारतमा छन्। स्थानीय वासिन्दा र प्रहरीको सहयोगमा गोब्बरलाई घाइते अवस्थामा उद्धार गरिएको बताइएको छ ।