समाजसेवि मल्लद्धारा विपन्न टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु सहयोग

महेन्द्रनगर । डडेल्धुराको अमरगढी नगरपालिका ४ खलंगा डडेल्धुरा निवासी हाल जापान बस्दै आएका समाजसेवि बिनय प्रकाश मल्लले गरिब, विपन्न टुहुरा बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरु सहयोग गरेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका ८ मा रहेको भुमिराज प्रा.वि.बागचौरमा अध्ययनरत विपन्न, टुहुरा बालबालिकाहरुलाई विद्यालय पोशाक, कापी किताब, कलम जुत्ताहरु र विभिन्न शैक्षिक सामग्रीहरु उपलब्ध सहयोग गरिएको समाजसेवी मल्लले जानकारी दिएका छन् ।

विपन्न जेहेन्दार मिहिनेती बिधार्थीहरुलाई शिक्षा आर्जन गर्न सहज होस भन्ने मुख्य उदेश्यका साथमा सहयोग गरिएको समाजसेवी मल्लले जानकारी दिए । आफुले कमाएको केही सानो सहयोगले दलित विपन्न जेहेन्दार बिद्यार्थीहरुले पढन पाउन भन्ने आफनो आशय रहेको र आफनो जिल्लामा पैसाको अभावले कोही पनि शिक्षाबाट बञ्चित हुन नपरोस भनेर अन्य बिद्यालयमा पनि आफुले सहयोग गरेको उनले बताए । मल्लले गरेको सहयोग प्रती विद्यालय परिवारले धन्यवाद ज्ञापन पनि गरेका छन् ।

आफनो विद्यालयमा गरिब विपन्न टुहुरा बालबालिकाहरु रहेको र अध्ययन गर्नबाट बञ्चित भईरहेको अवस्थामा उनिहरुलाई समाजसेवी मल्लले गरेको सहयोग उच्च रहेको स्थानियहरुले बताएका छन् । साथै स्थानियहरुले जुनसुकै समस्या परेपनि समाजसेवी मल्लको नाम पहिला लिने गरेको समेत जिकिर गरेका छन् । समाजसेवी मल्लले केही दिन पहिला पनि डडेल्धुराको गन्यापधुरा गाउँपालिका वडा नम्वर १ मा रहेको श्री असिग्राम माध्यमिक बिद्यालयमा आर्थिक सहयोग गरेका थिए ।

उनले उक्त विद्यालयमा अक्षयकोषको स्थापनाका लागि ५५ हजार ५ सय ५५ रुपैँयाको अक्षय कोष खडा बिद्यालयमा उक्त सहयोग गरिएको थियो । समाजमा रहेका दिनदुखी अनाथ दलित अपाङ शिक्षा क्षेत्रमा गरेको सहयोगले उनलाई अहिले डडेल्धुरामा नचिन्ने कमै छन् ।

तिनै विनय प्रकाश मल्लले डडेल्धुरामा रहेका बिद्यालयमा २ लाख ४२ हजार बढी रकम अक्षयकोष स्थापना गरेका छन् । अमरगढी नगरपालिकाका ११ वटै वडाका सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.