महेन्द्रनगर । पछिल्लो समय सुदूरपश्चिममा लम्पी स्किन रोगबाट हजारौ पशु चौपायको मृत्यु भईरहेको छ । पशुमा लागेको ‘लम्पी स्किन’ रोगका कारण सुदूरपश्चिम प्रदेशका किसानले अर्बौ रुपैयाँ बराबरको क्षति बेहोरेका छन् । दुहुने भैँसी तथा गाईवस्तु लम्पी स्किन रोगले मर्न थालेपछि किसानको दैनिक आम्दानी नै बन्द भएको छ ।
यही समयमा “ आई केयर यु”संस्थाले लम्पी स्किन रोगलाई थप फैलिन नदिन भ्याक्सीनको अभियान संचालनमा ल्याएको छ । विगत लामो समयदेखी सडक मा दुख भोगिरहेका बेसहारा जनाबर को सेवामा निरन्तरता दिदै आयको संस्था “ आई केयर यु“ ले घाईते पशुचौपायको उपचार र उद्दार का साथै पसु चौपाया हरुमा तिब्र रुपले फैलीरहेको “ ल्म्पि स्किन “ रोग बिरुद्द को अभियान थालेको हो ।
जसमा सडक मा छोडियका र उक्त रोगको जोखिम मा रहेका चौपाया हरुलाई भ्याक्सिन लगाउने कार्य प्रमुख प्राथमिकता मा रहेको संस्थाका संयोजक बिष्णु पनेरुले जानकारी दिएका छन् । केही दिन अघि देखि निरन्तर रुपमा चलिरहेको उक्त अभियानले हाल सम्म १ सय ५० भन्दा बढी पशुचौपाया हरुलाई खोप लगाई सकेको उनले बताए । उक्त संस्थाले खोप खरिद को लागि सामाजिक संजाल मार्फत सहयोगि दाताहरुलाई आह्बान गरिरहेको छ ।
अहिले केही पसु प्राबिधिकहरु एग्रोभेट पसलहरुले भाक्सिन सहयोग गरेको र खोपको सहजता भएमा दैजी देखि गड्डा चौकी सम्मका ५ सय बढि पशुचौपायहरुलाई खोप लगाईने संयोजक पनेरुले बताए । लम्पी स्किन नियन्त्रणको लागि स्थानिय सरकारले कुनै पहल नगरेकोले हामी आफै यो कार्यमा लागिपरेको उनले बताए । यो रोगले नेपाल मा ५० हजार बढि पसु को ज्यान लिई सकेको छ भने लाखौ को संख्यामा नयाँ सन्क्रमित थपेको छ ।
घर मा रहेका पसु हरुलाई नजिक को भेटेरेनरी प्राबिधिक लाई सम्पर्क गरि तुरुन्तै भ्याक्सिन लगाउन पनि उनले आग्रह गरेका छन् ।साथै यस भ्याक्सिनेसन अभियान मा भ्याक्सिन सहयोग गर्न ईच्छुक सहयोगी दाताहरुले यस सस्था को मोबाईन न . ९८४८८०२३७२,९८०९४१४६४८ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।
Comments are closed.