बेदकोट नगरपालिका ७ मा स्वास्थ्य बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिकामा स्वास्थ्य बीमा सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । पालिको वडा नम्वर ७ मा शान्तीका लागि साझा अभियान (कोक्याप) को आयोजना र बेदकोट नगरपालिकाको सामाजिक सुरक्षा सुरपरिवेक्षण समितिको सहकार्यमा बेदकोटका पाँच वडाका नागरिकलाई स्वास्थ्य बिमा बारे जानकारी गराइएको हो ।

स्वास्थ्य बीमा बोर्डका दर्ता अधिकारी खगेन्द्र भट्टले स्वास्थ्य बिमा गर्नुका फाईदा,बिमा गर्ने पक्रिया र सेवा बारे जानकारी गराएका थिए । उनले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उदेश्यले सरकारले सबै नागरिकको स्वास्थ्य बिमा गर्न लागेको बताए ।

स्वास्थ्य सेवाका क्षेत्रमा पूर्वभुक्तानी र जोखिम न्यूनीकरणको व्यवस्था गरेर सर्वसाधारणका लागि थप वित्तीय संरक्षण प्रदान गर्ने, वित्तीय साधनको समतामूलक परिचालन गर्ने र स्वास्थ्य सेवा प्रवाहका क्रममा सेवाको गुणस्तर, प्रभावकाता, दक्षता र जवाफदेहीतामा सुधार ल्याउ सबैलाई स्वास्थ्य बीमा गर्न आग्रह गरे । कार्यक्रमका प्रमुख अतिथि बेदकोट नगरपालिकाका उप–प्रमुख तुलसी जोशीले स्वास्थ्य बिमा अहिलेको आवस्यक्ता रहेको र हरेक परिवारले यो बिमा गर्न आग्रह गरिन् ।

स्वास्थ्य बिमा गर्दा वार्षिक ३५ सयमा एकलाख सम्मको औषधीउपचार निशुल्क हुने र सबैले बिमा गरि स्वास्थ्य सेवा लिन उनले अनुरोध गरिन् । यो कार्यक्रम विपन्न समुदायका लागि नगरपालिकाले विमा गर्ने गरि समिति बनाएर अध्ययन भइरहेको पनि जानकारी दिईन् ।

कार्यक्रममा नगरपालिकाका सूचना प्रविधि अधिकृत सुनिल चन्दले सामाजिक सुरक्षा सम्बन्धी परिमार्जित व्यवस्थाबारे जानकारी गारएका थिए । यसका साथै नगरपालिकाले वडा कार्यलय परिसरमा स्वास्थ्य सम्बन्धी जानकारी मुलक सुचना बोर्ड समेत राखेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.