कृष्णपुरमा विगतको सरकारद्धारा सडक नै नभएको ठाँउमा पुल निर्माण, लाखौ रुपैँया पानीमा स्वाहा

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा सडकको सुनिश्चीतता नगरी विगतको सरकारले अनैतिक रुपमा लाखौको रकम दुरुपयोग गरेर कल्भर्ट , र पुल निर्माण गरेको पाईएको छ । आर्थिक वर्ष ७७÷७८ र ७८÷७९ मा कृष्णपुर नगरपालिकाको वडा नम्वर ४ मा २ वटा पुल सडक विनाका र वडा नम्वर ७ मा पनि सडक विनाको पुल निर्माण गरिएको पाईएको हो ।

पछिल्लो समय सामाजिक संजालमा भाईरल बनेको कृष्णपुर नगरपालिका ४ जहेरी खोलामा सडक बिनै पुल निर्माण गरिएपछि विवादित बन्न पुगेको छ । तर उक्त पुल २ वर्ष पहिला ७ लाख ५० हजारमा निर्माण गरिएको थियो । अहिले आएर उक्त पुल विवादित बन्न पुगेको छ । स्थानिय गंगा खत्री र अर्काेपट्टि पनि व्यक्तीकै नाममा रहेको जग्गा नजिक सडक विनाको पुल निर्माण गरिएको देखिएको छ । कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले सामाजिक संजालमा भाईरल भएपछि आफै उक्त क्षेत्रमा गएर अनुगमन गर्दा पुललाई संचालन गर्नका लागि समस्या जग्गामा विवाद देखिने बताए ।

चारै तर्फ व्यक्तीहरुको जग्गा रहेको अवस्थामा पुलमा जानका लागि सडक बनाउन उनिहरुको जग्गा माग्नु पर्ने र उनिहरु आफनो जग्गा दिन पनि तयार नभएको देखिएको उनले बताए । साथै प्राविधिक पक्षबाट पनि उक्तपुलमा त्रुटि रहेको पाईएको नगर प्रमुख ओझाले बताए । पालिकाबाट गएका प्राविधकिको टोलीले उक्त पुलमा त्रुटी देखिएको बताएका हुन् ।

विगतका सरकारले के कसरी काम गरे त्यो उहाँहरुलाई पनि जानकारी भएकै होला र अहिले हामीहरुले उहाँहरुले गरेर गएको कामको सुधारात्मक तर्फ जाँदै गर्दा अब सडकको सुनिश्चीतता मात्रै गरेर अधुरा रहेका कामलाई अगाढी बढाउन योजना निर्माण गरिरहेको नगर प्रमुख ओझाले बताए । भाईरल पुल मात्रै होईन वडा नम्वर ७ र ८ लाई जोडने कुत्ता खोला गौडी ठाँउमा ३ वटा मात्रै घर रहेका छन त्यँहा पनि १५ लाख ३ हजार रुपैँयामा पुल निर्माण गरिएको नगर प्रमुख ओझाले बताए ।

कृष्णपुर नगरपालिका ७ का वडाध्यक्ष घुम्मन रानाले उतिबेलाको स्थानीय सरकारले हचुवा भरमा औचित्यहिन रुपमा ठुलो बजेट हालेर कल्र्भट निर्माण गरेको देखियो । ‘औचित्य र आवश्यकता भएको भए आज स्थानीयले पुल निर्माणमा साथ दिनुपर्ने थियो, ‘वडाध्यक्ष रानाले भने, ‘त्यहाँ काठको पुल हुँदाहुँदै सडक विस्तार नगर्दै पुल निर्माण गरिनु गलत भएको उनले थपे

उक्त क्षेत्रमा न सडक नै छ, न उक्त पुलको आवस्यक्ता नै छ त्यस्तो ठाँउमा पनि पुल निर्माणको नाममा लाखौ रुपैया स्वाहा गरिएको स्थानियले पदम बहादुर कुँवरले बताएका छन् । उनले पुलनिर्माण गरियो तर सडक नै छैन अब यो पुल निर्माण भएको लगभग २ वर्ष भयो तर प्रयोगमा आएको छैन चारै तर्फ व्यक्तीको नाममा जग्गा रहेको छ । ३ परिवार मात्रै रहेको ठाँउमा बजेट सक्न यो योजना बनायो उनले बताए ।

वडा नम्वर ४ का स्थानिय अशोक चौधरीले यो निर्माण गरिएको पुल प्रयोगविहिन रहेको र पहिला सडक बनाएर मात्रै यो पुल निर्माण गरिनु पर्ने बताए । अहिले सरकारको लाखौ रुपैया पानीमा बगाएको जस्तो भएको र प्रयोग पनि गर्न नपाएपछि स्थानियहरु आक्रोसित भएका छन् । अहिले स्थानियहरुले उक्त पुल नजिक रहेको नालालाई सडकको रुपमा प्रयोग गर्दै आएका छन् । स्थानियहरुको माग अनुसार उक्त पुल निर्माण गरिएको पूर्व अध्यक्ष तेजबहादुर रावतले जानकारी दिए ।

पहिला सडक बनाएर पुल बनाउनु पर्ने स्थानियको माग रहेको छ । पहिला ह्योमपाईप हालेर संचालन गरिएको सडकमा अहिले यो ७ लाख ५० हजारमा निर्माण गरिएको र बाँकी कामका लागि बजेट अपुग रहेको पूर्व वडा अध्यक्ष रावतको भनाई रहेको छ । वडा नम्वर ४ का वर्तमान वडा अध्यक्ष धर्मबहादुर सिंहले औचित्यहिन, सडक विनाको योजनामा सरकारको लाखौ रुपैँया दुरुपयोग भएको बताए ।

उनले आवस्यकता नै नरहेको उक्त ठाँउमा पुल किन हालिएको होला आफै अच्चमीत परेको बताए । यसरी ईस्टीमेट विनै, हचुवाको भरमा राज्यको बजेटको दोहन भएको स्थानियहरुले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.