कृष्णपुरमा अर्काे पनि भाईरल पुल

बाटो नभएको ठाँउमा पुल बनाउनु औचित्य नभएको वडका अध्यक्ष रानाको जिकिर

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुरमा यती बेला सडक बिनाका पुल निर्माण गरिएको समाचारहरुले व्यापक चर्चा पाएको छ । आर्थिक वर्ष ७७÷७८ मा कृष्णपुर नगर पालिका ४ मा बनेको पुल र आर्थिक वर्ष ७८÷७९ मा वडा नम्वर ७ मा बनेको पुलले चर्चा पाएको हो ।

तर यी दुवै पुल पछिल्लो सरकारले निर्माण गरेका हुन् । कृष्णपुर नगरपालिका ७ मा रहेको कुत्ता खोला गौडीमा रहेको पुलमा बाटोको सुनिश्चितता नगरी पुल निर्माण गरियो प्रती स्थानियहरु आक्रोसित भएका छन् । कृष्णपुर नगरपालिका ७ का एमालेका निर्वाचित वडाध्यक्ष घुम्मन रानाले बस्ती नभएको ठाउँमा पुलको औचित्य नभएको बताएका छन् । पहिला बाटोको सुनिश्चितता गरेर उक्त पुल निर्माण गरिनु पर्नेमा पहिलेका साथीहरुले कसरी काम गरे आफै अच्चममा परेको बताए । ३ वटा परिवारले नजिकै रहेको काठको पुल प्रयोग गरिरहेको भएपनि सरकारको त्यत्रो बजेट पानीमा हालेको जस्तो भएको उनले बताए ।

१५ लाख रकम बाटो नभउको ठाँउमा पुल बनाउँनु भन्दा अन्य विकासको काममा खर्च गरेको भए केही फाईदा पुग्ने वडा अध्यक्ष रानाले बताए । पहिलेको सरकारले गरेको कामले अहिले आफुहरुको टाउको दुखाईको विषय भएको उनले जिकिर गरे । उक्त क्षेत्रमा पुल संचालन गर्नलाई अहिले समस्या भएको छ, उनले भने चारै तर्फ व्यक्तीहरुको नम्वरी जमिन रहेको छ , कसैले पनि आफनो जमिन दिन नमानेको उनले बताए ।

पहिलेको सरकारले बाटोको सुनिश्चितता नगरी काम गर्नु कमजोरी देखिएको वडा अध्यक्ष रानाले बताए । कृष्णपुर नगरपालिकाको अनुसार उक्त पुलको लागत १५ लाख ३ हजार रुपैँया भुक्तानी भईसकेको छ । पुल बनेको २ वर्ष भए पनि संचालनमा आएको छैन् । उक्त क्षेत्रमा ३ परिवारले मात्रै उक्त पुलको प्रयोग गर्ने देखिएको छ । धेरै ठुलो बस्ती पनि छैन् ३ परिवारका लागी लाखौ रुपैँया सरकारको बजेट दुरुपयोग भएको स्थानिय बताउछन् ।

स्थानिय पदम बहादुर कुँवरले पहिलेको सरकारले बाटे नै नभएको ठाँउमा कसरी पुलनिर्माण गय्रो भन्दै आक्रोस पोखेका छन् । पुलको चारै तर्फ नम्वरी जमिन रहेको र कसैले पनि आफनो जमिन दिन नमानेको उनले बताए । उनले पुलनिर्माण गरियो तर सडक नै छैन अब यो पुल निर्माण भएको लगभग २ वर्ष भयो तर प्रयोगमा आएको छैन चारै तर्फ व्यक्तीको नाममा जग्गा रहेको छ । ३ परिवार मात्रै रहेको ठाँउमा बजेट सक्न यो योजना बनायो उनले बताए ।

सम्बन्धित

Comments are closed.