महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका ३ मा ब्रेन ट्युमरबाट पिडित महिलालाई आर्थिक सहयोग गरिएको छ । वेदकोट नगरपालिका ३ का महिला स्वास्थ्य स्वयंसेवीका तथा मेलमिलापकर्ता गोमती साउद विगत लामो समयदेखी ब्रेन ट्युमरबाट पिडित रहेको र उहाँको उपचारका लागी बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्थाले आर्थिक सहयोग स्वरुप नगद ५ हजार र बेदकोट नगरपालिकाका नगर उप प्रमुख तुलसी जोशीको पहलमा बेदकोट नगरपालिका कर्मचारीबाट सहयोग स्वरुप २२ हजार सहयोग गरिएको छ ।
सहयोग गरेको सहकारीका अध्यक्ष मन्जु सिंहले जानकारी दिएकी छन् । उहाले स्वास्थ्य क्षेत्र तथा मेलमिलाप कर्ता भएर समाजमा अहम भुमिका खेलि रहेको अवस्थामा उहाँको स्वास्थ्यमा अचानक समस्या देखिएपछि उपचारका लागि यो सहयोग गरिएको उनले बताईन् ।
वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले समाजमा अतुलनिय सहयोग साथ दिएकी पिडित दिदिलाई केही सानो राहत भएपनि सहयोग गरिएको बताईन् । पिडित दिदिले विगतका दिनदेखी आफनो क्षेत्रमा सक्रिय भएर स्वास्थ्य स्वयंसेवीका तथा मेलमिलापकर्ताको भुमिका अहोरात्र खटिएर कार्य गरेको र अहिले स्वास्थ्यमा समस्या भएपछि यो समस्याको घडीमा सबैले आआफनो तर्फबाट साथ र सहयोग गर्नुपर्ने उनले बताईन् ।
उहाँको छिट्टै अप्रेसन गर्नुपर्ने भएको हुदाँ सहयोगी मनहरुले आवश्यक सक्दो सहयोग गरिदिनु पनि आग्रह गरिन ।
Comments are closed.