चितुवाको छालासहित धनगढीमा २ युवा पक्राउ

महेन्द्रनगर। हरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले चितुवाको छालासहित धनगढीमा २ युवालाई पक्राउ गरेको छ । कैलालीको धनगढीबाट चितुवाको छालासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

बोराडाँडीमा रहेको न्यू रोहन होटेल एण्ड रेष्टुरेन्टबाट एक थान चितुवाको छालासहित डडेल्धुराको परशुराम नगरपालिका १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी पक्राउ परेको प्रहरीले जनाएको छ ।

प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको थियो।

सम्बन्धित

Comments are closed.