प्रदेश सरकारले नियुक्त गरेको कार्यकारी निर्देशकका योग्यता माथी प्रश्न, सर्बोच्चद्वारा हाजिरमा रोक

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारले नियुक्त गरेका सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको कार्यकारी निर्देशकको योग्यता माथी प्रश्न उठेको छ । गत जेठ ४ गते प्रदेशको मन्त्रीपरिषदले निर्णय गर्दै सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको कार्यकारी निर्देशकमा डोटीको बोगटान फुटसिल गाउँपालिका ७ का गेहेन्द्र बमलाई नियुक्त गरेको थियो ।

जेठ ११ गतेबाट नियुक्त भएका बमको योग्यता माथी प्रश्न उठाउँदै सर्बोच्च अदालतमा मुद्धा परेपछि उनलाई हाँजिर लाउन रोक लगाइएको छ । सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको कार्यकारी निर्देशकका लागी आवेदन दिएका मध्ये बमको योग्यतामाथी प्रश्न उठाउँदै एकजनाले दिएको निवेदनको सुनुवाई गर्दै साउन ८ गते सर्बोच्च अदालतले बमलाई हाजिर नगर्न आदेश दिएको हो ।

सर्बोच्च अदालतले कार्यकारी निर्देशक बमको योग्यता र अनुभव सम्बन्धी गम्भिर प्रश्न उठेकाले दुवै पक्षसंग छलफल गरी टुगों लगाउन उपयुक्त हुने हुँदा साउन २९ गते दुवै पक्षलाई छलफलका लागी बोलाइएको छ । योग्यता, अनुभव, एवं नियुक्तीसगं सम्बन्धित कागज तथा निर्णयको प्रतिलिपी सहित उपस्थित हुन सर्बोच्चले आदेश दिएको हो ।

यस संगै बमलाई प्रतिस्ठानको कार्यकारी निर्देशक बनाउने निर्णय कार्यान्वयन नगराउनु भनी आएको निवेदन अनुसार सर्बोच्चले बिपक्षी सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानका नाममा अल्पकालिन आदेश जारी गरेको हो । गत बर्ष पुस १ गते सुदूरपश्चिम प्रदेश सरकारले सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिस्ठानको कार्यकारी निर्देशकका लागी आवेदन खोलेको थियो ।

सो आवेदन अनुसार परेका निवेदकहरुको छनौट समितिले बैसाख ८ गते सर्टलिस्ट सार्वजनिक गरेको थियो । सर्ट लिस्ट अनुसार डोटी बोगटान फुटसिल गाउँपालिका ७ का गेहेन्द्र बम, दशरथचन्द नगरपालिका १० बैतडीका नरेन्द्र सिहं बिष्ट, धनगढी ७ कैलालीका भिम बहादूर बोहरा, सुक्लाफाँटा १० झलारीका भिमराज अवस्थी, सुर्य बिनायक नगरपालिका ५ भक्तपुरका रमेश सिहं थापा, दिपायल सिलगडी नगरपालिका ६ डोटीका राजु नेपाली, नौगाड १ दार्चुलाका राम सिहं ठगुन्ना र भिमदत्त नगरपालिका १५ कञ्चनपुरका बिशनदेब जोशी परेका थिए ।

सम्बन्धित

Comments are closed.