महेन्द्रनगर । कञ्चनपुरमा श्रमितीको हत्या पछि आफैले प्रहरीलाई फोन मार्फत जानकारी दिएका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोजमा ३४ वर्षका प्रेम बहादुर बुढाले गएराती आफ्नो श्रीमती वर्ष अन्दाजी वर्ष २२ की द्रोपती बुढाको हत्या गरेका हुन् ।
बुढाले आफ्नो श्रीमतीको डोरीले घाँटी कसेर हत्या गर्ने प्रयास संगै शरिरमा बारम्बार चक्कु प्रहारबाट बिभत्स हत्या गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको बाबाथान प्रहरीका ईन्चार्ज तथा असई पदम बहादुर साँउदले जानकारी दिएका छन् । प्रहरीलाई प्रेम बहादुर बुढाले आफै फोन गरेर हत्या भएको खबर गरे संगै प्रहरी घटनास्थलमा पुगेको थियो ।
रातीनै प्रहरीले प्रेम बहादुर बुढालाई नियन्त्रणमा लिएको उनले बताए । ईलाका प्रहरी दोधारा चाँदनीका प्रहरी निरिक्षक अर्जुन सिंह साँउदले घटनाको बिस्तृत अनुसन्धान भईरहेको बताएका छन् ।
Comments are closed.