महेन्द्रनगर । शुक्लफाँटा नगरपालिकाले बालश्रम विषयक कार्याशाला तथा परामर्श गोष्ठी सम्पन्न गरेको छ । वाल श्रम, वालवालिकामाथि हुने दुव्र्यवहार तथा वालवालिकाहरुको क्षमता विकासका लागि कार्यक्रममा छलफल गरिएको छ ।
पालिका भित्रका प्रत्येक विद्यालयहरुमा किशोरी समुह गठन गरिएको र त्यहि किशोरी समुह मार्फत वालवालिकाको सचेतना अभिवृद्धि, क्षमता विकास तथा उनिहरुको आतमरक्षाका लागि विभिन्न कार्यमहरु सञ्चालन भईरहेको शुक्लाफाँटा नगरपालिकाकी कार्यवाहक प्रमुख तथा उपप्रमुख कल्पना कुमारी जोशी पन्तले वताईन् । वल्र्ड भ्यु नेपालको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको समन्वयमा वर्तमान अवस्थामा वाल श्रम हुनुका परिस्थितिजन्य अवस्था तथा वाल श्रम उन्मुलनका उपायहरुको विषयमा कार्यशाला तथा परामर्श गोष्ठी शुक्लाफाँटा नगरपालिकाको सभा कक्षमा सम्पन्न भएको छ ।
कार्यवाहक नगरप्रमुख कल्पना जोशीको सभापतित्व, शुक्लाफाँटा नगरपालिकाका कार्यकारी अधिकृत टेकेन्द्र भट्टको विशेष आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमका विशिष्ट अतिथि वल्र्ड भ्यु नेपालका महासचिव रमेश खडकाले वाल श्रम उन्मुलनका लागि स्थानीय तहका साथै विशेषगरी सञ्चार क्षेत्र तथा होटेल व्यवशायी, बस व्यवशायी, निर्माण व्यवशायी, व्यापारी अािदको महत्वपुर्ण भुमिकाको विषयमा प्रकाश पार्नु भएको थियो ।
साथै खड्काले कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत टेकेन्द्र भट्टले शुक्लाफाँट नगरपालिकाले राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशका साथै स्थानीय ज्ञान, शीप, कला, साहित्य, राजनीतिक, सामाजिक, आर्थिक, साँस्कृतिक परिवेशको आधारमा मौलिक पाठ्यक्रम निर्माण गरि सोहि अनुसारको पठनपाठन भईरहेको वताए । यसका साथै विद्यालयलाई वालमैत्री वनाउन विद्यालयमा सिकाई र वसाई समेतको व्यवस्थापनका लागि नगरपालिकाले आर्थिक तथा वस्तुगत सहयोग गर्दै आईरहेको र सिकाईलाई प्रभावकारी वनाउन विद्यार्थीहरुलाई शैक्षिक किट्स समेत वितरण गरिएको वताए ।
वल्र्ड भ्यु नेपालका कार्यक्रम संयोजक बिश्वमणी पोखरेलले मुख्य रुपमा अशिक्षा र विपन्नताको कारण वालवालिका श्रम गर्न वाध्य हुने अवस्थालाई मध्यनजर गर्दै वल्र्ड भ्यु नेपालले वालश्रम विरुद्ध सचेतनामुलक पोष्टर, रेडियो कार्यक्रम तथा जिँगल उत्पादन तथा प्रशारण, पत्रपत्रिकामा सचेतनामुलक सामाग्रीको प्रकासन, सभा, सम्मेलन, गोष्ठी लगायतका कार्यक्रम गर्दै आईरहेको वताए । कार्यक्रममा शुक्लाफाँटा एफएमका अध्यक्ष बलबहादुर डगौरा, बाह्रसि.गा एफ.एम.का सहअध्यक्ष नारायण लम्साल, झलारी उद्योगवाणिज्य संघका अध्यक्ष नैनसिंह वोहरा, शुक्लाफाँटा नगरपालिका वडा नं. १ का अध्यक्ष उत्तरदेव भट्ट लगायतले मन्तव्य राखेका थिए, भने कार्यक्रम सञ्चालन नगरपालिकाका सुरेन्द्र भट्टले गरेका थिए ।
कार्यक्रमको अन्त्यमा वल्र्ड भ्यु नेपालका महासचिव रमेश सड्काले सवै वडामा पुग्ने गरि वाल श्रम विरुद्धका पोष्टर, अडियो, भिडियो सामाग्री तथा अन्य जनचेतनामुलक सामाग्री सहितको पेन ड्राईभ कार्यवाह नगरप्रमुख कल्पना कुमारी जोशी पन्तलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि, पत्रकार, स्थानीय समाजसेवी तथा नगरपालिकाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Comments are closed.