महेन्द्रनगर । बैतडीमा आफ्नै नातीको हत्या गरेको अभियोगमा पक्राउ परेका गणेश साउँद पुर्पक्षका लागि कारागार चलान भएका छन् । पुर्चौंडी नगरपालिका – ६ मुडेलीधारका ५० बर्षीय गणेश साउँदलाई जिल्ला अदालतको आदेश अनुसार सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए ।
गएको असार २८ गते साउँदको कुटाइबाट घाइते भएका २ बर्षीय रेशम साउँदको असार २९ गते उपचारको क्रममा निधन भएको थियो । आफ्नै बाजेको कुटाइबाट गम्भीर घाइते भएका ८ बर्षीय रिजन साउँदको अहिले पनि उपचार जारी रहेको छ ।रेशम र रिजनका आमा र हजुरआमा घाँस गएका काट्न गएका बेला बाजे गणेश साउँदले उनीहरुमाथि कुटपीट गरेका थिए ।
प्रहरीले साउँदलाई असार २८ गते नै पक्राउ गरेको थियो ।साउँदमाथि प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिलको कार्यालय मार्फत अदालतमा पेश गरेको थियो । प्रहरीले उनीमाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो ।
Comments are closed.