सशस्त्र प्रहरीद्वारा ब्रम्हदेबको झिमिरी खोलामा फसेकाहरुको उद्दार

महेन्द्रनगर । सोमवारदेखी लगातार भईरहेको अविरल वर्षाले कञ्चनपुरका अधिकाँश क्षेत्र डुवानमा परेका छन् । साथै नदीका बिच भागमा परेर जोखिममा रहेको स्थानियहरुलाई सुरक्षा निकायहरुले उद्धार पनि गरिरहेका छन् । यस्तै, सशस्त्र प्रहरी बलले कञ्चनपुरको उत्तरी भेग भीमदत्त नगरपालिका ९ ब्रम्हदेब स्थित झिमिरी खोलामा परेका तीन जनाको उद्दार गरेको छ ।

खोलामा पानीको सतह बृद्धि भएपछि जोखिममा परेका तीन महिलाको सशस्त्र प्रहरीले उद्दार गरेको हो । सशस्त्र प्रहरी बल ३५ नम्बर शैलेश्वरी गणका अनुसार सशस्त्र प्रहरी नायब निरीक्षक देवेन्द्र नाथको नेतृत्वको टोली उद्दार गरेको जनाईएको छ ।

सशस्त्र प्रहरीले यस अघि जगबुढा, स्याली ओदाल खोलाको फसेका मानिसको उद्दार गरेको थियो । विप्दमा सशस्त्र प्रहरीले कञ्चपुरमा मानवको उद्दारदेखि अस्थायी तटबन्ध निर्माणका काममा खटिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.