महिनावारी भएर अलग्गै सुतेकी किशोरीको सर्पले डसेर मृत्यु

महेन्द्रनगर ।  बैतडीमा सर्पको टोकाईबाट एक किशोरीको मृत्यु भएको छ । महिनावारी भएर अलग्गै सुतेकी पञ्चेश्वर गाउँपालिका–४ फेउली निवासी रगी चन्दकी १६ बर्षिया छोरी अनिता चन्दको मृत्यु भएको हो ।

गाउँपालिका उपाध्यक्ष बिना भट्टका अनुसार जवलपूर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत चन्दको गएराती सर्पको टोकाइबाट मृत्यु भएकोे बताइन । मृतक बालिका महिनावारी भएकाले अलग्गै कोठामा सुतेको अवस्थामा सर्पले टोकेको आफन्तले बताएका छन् ।

सम्बन्धित

Comments are closed.