कञ्चनपुरमा नेपाल महिला संघको ७६ औं स्थापना दिवस मनाईयो

महेन्द्रनगर । नेपाल महिला संघको ७६ औं स्थापना दिवसको अवसरमा कञ्चनपुरमा बिभिन्न कार्यक्रम गरी मनाईएको छ । नेपाल महिला संघका केन्द्रिय सदस्य मिरा चन्दको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाली काँग्रेसबाट निर्वाचित महिला जनप्रतिनिधीहरुलाई दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कञ्चनपुर नेपाल महिला संघका संस्थापक सदस्य एवम कार्यक्रमका बिशिष्ट अतिथी माया भट्टले मंगलादेवि सिंहले २००४ सालमा सुरुवात गरिएको यो संस्थालाई आर्थिक राजनतिक, सामाजिक रुपमा संगठित भएर अगाढी बढाउनु पर्ने कुरालाई निरन्तरता दिँदै अगाढी बढनुपर्ने बताईन् । महिलाहरुलाई एक्यवद्धता रुपमा राख्न यो एउटै पार्टीका लागि मात्रै नभर सबै महिलाहरुको हक हितको लागि एकजुट भएर संगठित भएर आगाढी आउनुपर्ने बताईन् ।

नेपाल महिला संघका निर्वतमान केन्द्रिय सदस्य रमिता देउवाले महिलाहरुलाई आत्मसम्मान, न्यायका लागि, क्षमता विकासका लागि सबै महिलाहरुले एकजुट भएपछि मात्रै मंगलादेवी सिंहको सपना साकार हुने बताईन् । कार्यक्रमका विशिष्ट अतिथी प्रदेश सदस्य माननिय गिता चौधरीले महिलाहरुको सर्वाङगिण विकासका लागि प्रदेश सरकारले अहम भुमिका खेल्ने बताइन् ।

कार्यक्रमको सभापतित्वमा नेपाली काँग्रेसका प्रदेश सदस्य प्रभा भट्टले रहेकी थिईन भने, कार्यक्रममा स्वागत मन्तव्य महाधिवेशन प्रतिनिधी देवकी भट्टले राखेकी थिईन् । साथै कार्यक्रममा सुदूरपश्चिमको मौलिक परम्परागत देउडा खेल पनि खेलिएको थियो ।

सम्बन्धित

Comments are closed.