सुदूरपश्चिममा आजपनि भारी वर्षाको सम्भावना

महेन्द्रनगर । सुदूरपश्चिमसहित यी प्रदेशमा आजपनि भारी वर्षाको सम्भावना रहेको छ। विहिवार दिउँसो देशभर सामान्यदेखि पुर्ण बदली रहनेछ। सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश साथै कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। नेपालमा मनसुनी वायुको साथै विहार आसपासमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर नेपाल नजिक अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यस्तै राति देशभर सामान्य बदलीरही लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।

सम्बन्धित

Comments are closed.