कैलालीमा बाढीले बगाउँदा एक जनाको मृत्यु

महेन्द्रनगर । कैलालीमा बाढीले बगाउँदा १ जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–९ धनचौरी बस्ने ४० वर्षीय रत्न प्रसाद भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

अविरल वर्षासँगै खुटियामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो। भट्टराई बुधबार खुटिया खोलामा दाउरा निकाल्न भन्दै गएका थिए। दाउरा निकाल्न गएका बेला उनलाई खोलामा आएको बाढीले बगाएको थियो। बाढीले बगाउँदा बेपत्ता भएका भट्टराई बिहीबार मृत फेला परेका हुन्।

उनलाई पानी जमेको खल्लामा मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.